site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फोक्सोको क्यान्सर, रोकथाम र उपचार
Sarbottam CementSarbottam Cement

काठमाडौं । अव्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण नेपालमा क्यान्सर रोगी बढेका छन् । शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्छ । यहाँचाहिँ थोरासिक  क्यान्सरबारे चर्चा गरिएको छ ।

करङहरूले घेरिएको हाम्रो शरीरको भागलाई थोराक्स भनिन्छ ।  यो भागमा हुने क्यान्सरलाई नै थोरासिक क्यान्सर भनिन्छ । थोरासिक क्यान्सरमा मुख्यतः फोक्सोको क्यान्सर, खाने नलीको क्यान्सर, थाइमस ग्रन्थीको क्यान्सर र सास नलीको क्यान्सर पर्दछन् । थोरासिक क्यान्सर हुने कारण मुख्यतः धुम्रपान नै हो । अत्यधिक चुरोटको सेवन गर्ने मानिसहरूमा थोरासिक क्यान्सरको जोखिम बढी हुन्छ ।

विश्वमा सबैभन्दा बढी मानिसहरुमा हुने क्यान्सर फोक्सोको क्यान्सर हो । फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुन्छ । र, नेपालमा पनि फोक्सोमा क्यान्सर भएका रोगीहरूको संख्यामा बढोत्तरी आइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 सर्वेक्षणअनुसार क्यान्सरबाट हुने कुल मृत्युमध्ये सबैभन्दा बढी मृत्यु फोक्सोको क्यान्सरले गर्दा नै हुन्छ । र हाम्रो देश पनि यसको अपवाद बन्न सकेको छैन ।

फोक्सोको क्यान्सर हुने कारण
करिव ८० देखि ८५ प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानले गर्दा हुन्छ । धुम्रपानलाई दुई प्रकारको भन्न सकिन्छ, एक्टिभ र प्यासिभ । एक्टिभ वा सक्रिय भनेको आफैँ धुम्रपान गर्ने व्यक्ति हो, प्यासिभ वा निष्क्रिय भनेको आफैँ कहिल्यै धुम्रपान नगर्ने तर धुम्रपान गरिरहेको व्यक्तिको नजिकै बस्दा हुने हो । यसरी लामो समय सम्मको निष्क्रिय धुम्रपानले पनि फोक्सोको क्यान्सर हुन्छ । अर्थात् धुम्रपानले आफूलाई मात्र होइन अरूलाई पनि नराम्रो असर गर्छ । करिव १० प्रतिशत फोक्सोको क्यान्सर चाँहि हाम्रो वातावरणमा भएको प्रदुषणले गर्दा हुन्छ । वातावरणमा हुने रेडोन ग्यास यसको प्रमुख कारक तत्व हो । 

Global Ime bank

करिव ५ प्रतिशत फोक्सोको क्यान्सर वंशाणुगत हुनसक्छ । मानिसको शरीर असंख्य जीनहरुले मिलेर बनेको हुन्छ, जीनमा भएको कुनै विशेष विकारले वंशाणुगत क्यान्सर हुनसक्छ । 
लक्षणहरू 
खोकी लाग्ने, 
छाती दुख्ने,
सास फेर्न गाह्रो हुने,
थकाई लाग्ने,
खान मन नलाग्ने हुन्छ ।

सुरुको अवस्था लक्षणविहीन पनि हुनसक्छ । रोग बढ्दै गएपछि लक्षणहरु विस्तारै देखिँदै जान्छन् । हामीले विचार गर्ने भनेको फोक्सोको क्यान्सर र फोक्सोको क्षयरोग दुवैको लक्षण उस्तै हुन्छ । त्यसैले विरामी मात्र होइन, चिकित्सकहरु पनि रोग पहिचान गर्न अलमलिन सक्छन् । त्यसैले फोक्सोको क्षयरोगको शंका भएका विरामीहरु सञ्चो नभईरहेको अवस्थामा फोक्सोको क्यान्सर हो कि होइन भनी जाँच गर्नु अनिवार्य हुन्छ । 

रोग पत्ता लगाउने तरिका 
यो रोग पत्ता लगाउन बिभिन्न जाँचहरु आवश्यक हुन्छन जसमध्ये छातीको सी टी स्क्यान, ब्रोङ्कोस्कोपी (सासनलीको जाँच) र बायोप्सी जाँच प्रमुख हुन् । 

रोगको स्टेज र उपचार
फोक्सोको क्यान्सरको ४ वटा अवस्था (स्टेज) हुन्छ । पहिलो चरणमा क्यान्सर फोक्सोको सानो भागमा मात्रै सिमित रहेको र बाहिर नफैलिएको हुन्छ । यो स्टेजमा उपचार गरेमा पूर्णरुपले निको हुन सक्छ । 

रोग जति छिप्पिँदै जान्छ वा जति स्टेज बढ्दै जान्छ रोग सञ्चो हुने सम्भावना पनि घट्दै जान्छ । फोक्सो भन्दा बाहिरको अंगमा फैलिएको क्यान्सर चौथो स्टेजको क्यान्सर हो । यो सञ्चो हुने सम्भावना न्यून हुन्छ । पहिलो तथा दोस्रो स्टेजमा भएको क्यान्सर सर्जरीद्धारा निर्मुल पार्न सकिन्छ । आवश्यकता अनुसार सर्जरी पश्चात केमोथेरापी र रेडियोथेरापी गरिन्छ । तेस्रो चरणको क्यान्सरको मुख्य  उपचार केमोथेरापी र रेडियोथेरापी नै हो । चौथो चरणको क्यान्सर भएको व्यक्तिको उपचारको प्रमुख उद्देश्य जीवन सहज बनाउनु हो । यस स्टेजमा आवश्यकता अनुसार केमोथेरापी र रेडियोथेरापी गर्नुपर्ने हुन्छ । 

फोक्सोे क्यान्सरको नयाँ उपचार विधि
टार्गेटेड थेरापी नयाँ उपचार विधि हो । यो चौथो चरणको फोक्सोको क्यान्सरमा धेरै उपयोगी प्रमाणित भएको छ ।  यो विधिले क्यान्सर उत्पादन गर्ने प्रोटिनलाई नष्ट गर्ने काम गर्छ र क्यान्सरको उपचार गर्छ ।  संसारमा अहिले धेरै प्रकारका ‘टार्गेटेड थेरापी’ आएका छन् । यसले चौथो स्टेजमा भएको फोक्सो क्यान्सर विरामीको औसत आयु २ वर्षसम्म लम्व्याएको पाइएको छ । 

यो औषधि उपचार नेपालमा पनि छ र वीर अस्पतालमा पनि यो उपलब्ध छ । 

रोकथाम
धुम्रपान नगर्ने,
धुम्रपान गर्ने व्यक्तिले वर्षको कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्ने,
धुम्रपान गर्ने व्यक्तिलाई लामो समयदेखि खोकी लागिरहेको छ भने क्यान्सर भयो कि भनी चेकअप गराउने  । 

(वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. कर्णसँग यसिमा महतले गरेको कुराकानिमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC