site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ग्रीसमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प, २ को मृत्यु, दर्जनौं घाइते 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रवार बिहान ग्रीसको कोस टापु रहेको आजियन समुद्रलाई केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ७ रेक्टर स्केलको भूकम्पमा २ जनाको मृत्यु भएको छ ।

टर्कीको समुद्री क्षेत्र नजिकै केन्द्रविन्दू रहेको भूकम्प समुद्री तहभन्दा १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्पको समयमा भागदौड र अन्य घटनामा परि कोस टापुमा २० जना घाइते भएको र टर्कीको बोडरम शहरमा केही मानिस घाइते भएको बीबीसीले जनाएको छ ।

शुक्रवारबिहान १ बजेर ३१ मिनेट जादां भूकम्प गएको थियो । भूकम्प पछि ती क्षेत्रमा सुनामी पनि आएको र समुद्रमा रहेको डुंगा सडकसम्म आइपुगेको ग्रीक प्रहरीले जनाएको छ ।

Global Ime bank

सामाजिक सञ्जालमा सेयर गरिएका तस्वीरमा टर्कीको बोडरम शहरमा पानी जमेर कुर्कुचासम्म आएको देखिन्छ । भूकम्पको समयमा भएको भागदौडको समयमा घाइते भएका करिब ७० जना मानिस उपचारको लागि अस्पताल आएको जनाइएको छ ।

पृथ्वीको फल्ट लाइनमा पर्ने ग्रीस र टर्कीमा समय–समयमा भूकम्प जाने गरेका छन् । यसअघि टर्कीमा सन् १९९९ मा गएको महाभूकम्पमा परि करिब १७ हजार मानिसको मृत्यु भएको थियो ।
\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC