site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चन्द्रमाबाट नमुना ल्याउनको लागि प्रयोग भएको झोला १८ लाख डलरमा लिलामी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् १९६९ मा एपोलो मिसनबाट चन्द्रमामा पाइला टेकेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ्ले चन्द्रमाबाट नमुना ल्याउनको लागि प्रयोग गरेको झेला १८ लाख अमेरिकी डलरमा लिलामी भएको छ ।

अमेरिकी शहर न्यू योर्कमा परिचय लुकाइएका एक व्यक्तिले सोथेबाइ लिलामी कम्पनीबाट उक्त झोला लिलाम गरेका हुन् । पहिलो पटक चन्द्रमाको सतहमा रहेका वस्तुको नमुना ल्याइएको उक्त झोलामा अझै पनि माटो र स–साना ढुंगाका अंश रहेको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एपोलो विमान पृथ्वीमा फर्किएपछि त्यसका सबै पार्टपुर्जा र वस्तुहरु स्मिथसोनियन म्युजियममा पठाइएको थियो । तर उक्त झोला जोनसन स्पेस सेन्टरमा नै छुटेको थियो ।

सन् २०१५ मा एक सरकारी लिलामी उक्त झोला इलिनियोसका एक वकिललाई ९ सय ९५ अमेरिकी डलरमा विक्रि गरिएको थियो ।

Global Ime bank

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले उक्त झोला फिर्ता लिनको लागि मुद्धा लडेको थियो तर अदालतले पनि उक्त झोला ती व्यक्तिको भएको भन्दै ती व्यक्ति कै पक्षमा फैसला गरेको थियो । अहिले भने ती व्यक्तिले सोथेबाइमा विक्रिको लागि राखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC