site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सल्यान । अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो । 

बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए । वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले बजार क्षेत्र खाली गरिएको बुढाले जानकारी दिए । हालसम्म गर्चेमा रहेका १० भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए । 

Agni Group

बाढीले बागमारे खोलाको किनारमा रहेका करिब ५०० रोपनीमा लगाइएको धानखेतीसमेत नष्ट पारेको छ । भर्खरै रोपाइँ गरेर सकिएका बेला बाढी आएर खेती नष्ट गरेपछि किसान चिन्तित भएको स्थानीयवासी रामसिंह विकले जानकारी दिए । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस क्षेत्रमा आएको अविरल वर्षाका कारण बागमारे, वनगाडलगायतका खोलामा आउने बाढीले क्षति पु¥याउँदै आएको छ । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC