site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं। नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गरे। 

जीवनका भोगाइ, पे्रम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका १० वटा गीत यस एल्बममा संगृहीत छन् । गायक रबिन शर्मा, संगीता शाक्य थापा संगीता राना प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, अञ्जु पन्त, निशा देसार, मिलन अमात्य र हरिशरण साय्मीले यसमा स्वर दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस एल्बममा गीतकार स्वयं र अर्का संगीतकार हरिशरण साय्मीले संगीत भर्नुभएको छ । विन्धवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यो गीति संग्रहको मूल्य रु २५० रहेको छ । 
यो शाक्यको चौथो सांगीतिक कोशेली हो । यसअघि उनले ‘झंकार’, ‘बैसालु यौवन’ र ‘नौलो तरंग’ नामक गीति संग्रह नेपाली संगीत बजारमा ल्याइसकेका छन् । नेपाल भाषाको ‘निभाः लुईवं’ उनको पहिलो गीति संग्रह हो जुन विसं २०५६ मा बजारमा आएको थियो ।     

सो अवसरमा कुलपति श्रेष्ठले जीवनका तितामिठा भोगाइलाई गीतकारले उत्कृष्ट शब्द चयनबाट अभिव्यक्त गर्न सकेको भन्दै सर्जकको प्रशंसा गरे । 

Global Ime bank

विन्धवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले स्रष्टा र व्यवसायी ढुँगा र माटो जस्तै रहेको र आफ्नो कम्पनीले स्रष्टालाई थोरै भएपनि लेखकस्व प्रदान गर्र्ने जमर्को गर्दैआएको बताए । 

गीतकार शाक्यले अर्काको मनमा गुम्सिरहेका भावलाई आफ्नै भोगाइसँग जोडेर आफूले तर्कना गर्ने प्रयास गरेको विचार व्यक्त गरे । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC