site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको सातौं विकेट पतन, दिपेन्द्रको अर्धशतक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।  
बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सिंगापुरविरुद्ध पहिले ब्याटिङ थालेको  नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । खेलको ३९ ओभरको समाप्तिमा नेपालले ७ विकेट गुमाएर १४४ रन बनाएर खेलिरहेको छ । नेपालले सातौं विकेटका रुपमा केहि बेरअघि दिपेन्द्रसिंह ऐरीलाई ५४ रनमा गुमाएको छ ।
नेपाल आज सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग पराजित भएको छ । सिंगापुरबिरुद्ध पछिल्लो ५ भेटमा नेपालले सबै खेल जितेको छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।
तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँग १४१ रनको पराजयले नेपालको विश्वकप छनोट सम्भावनालाई ठुलो धक्का भने लागेको  छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न सिंगापुरविरुद्ध र बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य टोलीको खेलको नतिजाले समेत भर पर्नु पर्ने हुन्छ । छनोटमा नेपाल तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान तीन खेलमा ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ ।
डबल राउण्ड रोबिनका आधारमा ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत वर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC