site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टरनेसनल च्याम्पियन्स कपः म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेड विजयी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत दुई इन्ग्लिश क्लबको डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ  । अमेरिकाको टेक्सासमा शुक्रबार विहान भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २ – ० ले पराजित गरेको हो ।

टेक्सासस्थित रिलायन्ट स्टेडियममा भएको खेलमा युनाइटेडलाई जित दिलाउन रोमेरो लुकाकु र मार्कुस राष्फोर्डले समान एक एक गोल गरे । युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । लुकाकुले खेलको ३७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । 

Agni Group

यसै सिजन एभर्टनबाट युनाइटेड आएका लुकाकुको यो तेस्रो खेलमा युनाइटेडको लागि दोस्रो गोल हो । गत हप्ता एलए ग्यालेक्सीसँगको खेलमा डेब्यु गरेका लुकाकुले गत मंगलबार रियल साल्ट लेकविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफमा  लुकाकुको एक उत्कृष्ट प्रहार पोस्टबारमा लागेर फर्किएको थियो ।  

म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट खेल खेलको युनाइटेडले खेलको ३९ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । खेलको ३९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन् सकेन र खेल युनाइटेडले २ – ० ले आफ्नो बनायो  । 

Global Ime bank

रोपियन फुटबलमा नयाँ सिजन सुरु हुनुअघिको प्रि सिजनको तयारीका लागि युनाइटेड हाल अमेरिकामा रहेको छ । अमेरिकामा रहेको युनाइटेडले अब इन्टरनेसनल कप अन्तर्गत आगामी मंगलबार स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC