site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईसीसी महिला विश्वकप क्रिकेट : कौरको शतकीय पारी, भारत  फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारत आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार  राति भएको दोस्रो सेमिफाइनलमा साबिकको विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।
भारतले अब उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्ने छ । इंग्ल्यान्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार लर्ड्समा हुने छ । भारत समूह चरणमा तेस्रो र अष्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए ।
डर्बीमा भारतले दिएको २८२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० ओभर १ बलमा अलआउट हुँदै २४५ रनमा समेटियो । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र ३१ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो ।  तर, अष्ट्रेलियाको पारी एलेक्स ब्लाकवेल र एलिस भिलानीले उकासेका थिए   । ब्लाकवेलले ९० तथा भिलानीले ७५ रनको अर्धशतकीय पारी खेलिन्  ।  यस्तै अष्ट्रेलियाकी एलास पेरीले ३८ रन बनाईन् । अष्ट्रेलियाको पारी ध्वस्त बनाउने क्रममा भारतकी दिप्ती शर्माले ३ तथा झुलन घोस्वानी र शिखा पाण्डेले समान २ – २ विकेट लिईन् ।
यसअघि ४२ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ओभर खेल्दै ४  विकेटको क्षतिमा २८१ रनको उच्च योगफल तयार गरेको थियो । भारतको जितमा हर्मनप्रित कौरले शतकीय पारी खेलिन् । ११५ बलमा २० चौका र ७ छक्का प्रहार गरेकी उनले अविजित १७१ रन जोडिन् । यस्तै भारतकी कप्तान मिथाली राजले ३६ तथा दिप्ती शर्माले २५ रन जोडिन्  ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC