site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिंगापुरविरुद्ध नेपालले गुमायो ३ विकेट 
Ghorahi CementGhorahi Cement

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।  

बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, टस जित्दै पहिले ब्याटिङ गर्ने कप्तान सन्दिप लामिछानेको रणनीति उपलब्धीमुलक भने हुन सकेको छैन । 

Agni Group

नेपालले १६ ओभर मात्र ६१ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ । नेपालले प्रनित थापालाई ८, अनिल साहलाई ७ र आसिफ शेखलाई ३ रनमा गुमाएको छ । तर, नेपालको पारी सन्दिप सुनारले सम्हालिरहेका छन् । सन्दिप २५ रनमा अविजित छन भने दिपेन्द्र सिंह ऐरीपनि ७ रनमा अविजित छन् ।

नेपाल आज सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग पराजित भएको छ । सिंगापुरबिरुद्ध पछिल्लो ५ भेटमा नेपालले सबै खेल जितेको छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।

Global Ime bank

तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँग १४१ रनको पराजयले नेपालको विश्वकप छनोट सम्भावनालाई ठुलो धक्का भने लागेको  छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न सिंगापुरविरुद्ध र बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य टोलीको खेलको नतिजाले समेत भर पर्नु पर्ने हुन्छ । छनोटमा नेपाल तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान तीन खेलमा ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ ।

डबल राउण्ड रोबिनका आधारमा ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत वर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC