site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाग्मती हिउँदमा पनि बग्न सक्ने बनाइँदै, के–के हुँदैछ काम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी आसपासमा कथित सुकुम्बासीले घर, टहरा बनाएर सरकारको जग्गा हडप्न खोजेको बताएको छ ।
सुकुम्बासीहरुलाई बाग्मती किनारमा बनाइएका घर, टहरा हटाउन बारम्बर सुचना जारी गर्दा पनि अटेर गरेको बताउँदै समितिले उक्त धारणा व्यक्त गरेको हो ।

“बाग्मतीका किनारमा बसेका कथित सुकुम्बासीहरुलाई त्यहाँबाट हट्न हामीले बारम्बार लिखित र मौखिक सुचना दिँदै आएका छौं,” अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति प्रमुख ज्योतिकुमार श्रेष्ठले भने, “सूचना अटेर गरेर सरकारी जग्गा हडप्न पाइँदैन ।”

यसका साथै श्रेष्ठले पटक–पटक मौखिक र लिखित जानकारी गराइए पनि सूचना अटेर गरी घर, टहरा नहटाइएकाले अबको छोटो समयभित्रै बाग्मती नदी किनारमा निर्माण गरिएका सम्पूर्ण घर, टहरा भत्काएर योजनाअनुसार काम सम्पन्न गरिने पनि बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता उपत्यका विकास प्राधिकरणले सुकुम्बासी व्यवस्थापनका इचङगुनारायणमा २८ सय जना अटाउने घर बनाइसके पनि आवश्क कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका कारण बाग्मती नदी आसपासका सुकुम्बासीहरुको व्यवस्थापन जटिल बनेको  छ ।

 

Global Ime bank

समितिले कहाँकहाँ गर्दैछ काम ?
 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नेपाल सरकारअन्तर्गतको समिति हो । यस समितिले हाल बाग्मती नदीका विभिन्न स्थानमा काम गरिरहेको समिति प्रमुख ज्योतिकुमार श्रेष्ठले बताए । “बाग्मती नदीलाई स्वच्छ, सफा, हराभरा बनाई सौन्दर्यीकरण गर्ने कार्य भइरहेको छ,” श्रेष्ठले भने, “बाग्मतीको सभ्यता पिढीँ–दरपिँढीसम्म बचाइराख्ने हाम्रो लक्ष्य जारी छ ।” बाग्मतीका साथै विष्णुमती नदीमा पनि विशेष रुपले काम गरिरहेको श्रेष्ठले बताए ।

सुख्खायाममा पनि पानी प्रवाहित गराइने !
 

समितिले बाग्मती नदीमा हिउँदमा पनि पानी प्रवाहित गराउने कार्य अन्तिम चरणमा पु¥याएको छ । 
शिवपुरीस्थित सुन्दरीजलमा निर्माण गरिएका दुईवटा ड्याम निर्माण गरी त्यहाँ सङ्कलन हुने पानी बाग्मती नदीमा मिसाई हिउँदको समयमा पनि पानी प्रवाहित गराउने भएको हो । 

समितिले उक्त स्थानमा निर्माण गर्ने ‘धाप ड्याम’ र ‘नागमती ड्याम’मा बाग्मती नदीमा आठ महिनासम्म निरन्तर प्रवाहित हुन पुग्ने पानी संकलित हुनेछ । 

“धाप ड्याम निर्माणकार्य अन्तिम चरणमा पुगेको छ,” श्रेष्ठले बाह्रखरीसँग भने, “नागमती ड्याम आगामी डेढवर्षभित्रमा बनिसक्नेछ ।”  श्रेष्ठकाअनुसार धाप ड्याममा संकलित पानी ४० लिटर प्रतिसेकेण्डको रफ्तारमा बाग्मती नदीमा प्रवाहित हुनेछ । 

यसका साथै प्रमुख श्रेष्ठले बाग्मती नदीको सफाइ तथा सौन्दर्यीकरणमा काठमाडौंबासी साथै सम्पूर्ण सर्वसाधारणले चासो र सक्रियता देखाउनुपर्ने बताए । नदी सफा गरिए पनि बर्खाको समयमा नदी आसपासको क्षेत्रको माटो र फोहोर बगाएर नदीमा मिसिएर नदी पुनः दुषित हुने गरेको बताउँदै श्रष्ठले भने, “समितिको मात्र होइन प्राचिन सभ्यता बोकेको बाग्मती नदीको सौन्दर्यीकरणमा महानगरबासी तथा सम्पूर्ण सर्वसाधारणले चासो र सक्रियता देखाउनुपर्छ ।”  

नदी आसपासका क्षेत्रमा हरियाली बनाइने !
 

बाग्मती नदी आसपासमा वृक्षारोपण गरी हरियाली बनाइने श्रेष्ठले बताए । पछिल्लो समय काठमाडौंमा बढेको जनसंख्याका कारण नदीमा अत्यधिक मात्रामा मिसिएको फोहोरका कारण बाग्मती नदी आफैमा निसासिएकाले नदीको सौन्दर्यीकरणमा विशेष सक्रियता देखाइएको समितिका प्रमुख श्रेष्ठले बताए । “नदीको सौन्दर्यीकरणका लागि किनार आसपासका स्थानमा वृक्षारोपण गरी हरियाली बनाउनुका साथै पार्क र आपतकालीन अवस्थाका लागि आवश्यक खुल्ला स्थानको पनि निर्माण गरिने छ ।” 

भविष्यमा बनाइन वाग्मती नदीको स्केच । स्रोत , अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति       

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC