site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईएस प्रमुख जीवितै रहेको कुर्दिस प्रतिआतंकवाद अधिकारीको दाबी
Ghorahi CementGhorahi Cement

काठमाडौं । इस्लामिक स्टेट प्रमुखको अवस्थाबारे अनेक अनुमान र शंका उब्जिरहेको समयमा एक उच्च कुर्दिस प्रतिआतंकवाद अधिकारीले उनी जिवितै रहेको र अहिले सिरियाली सहर रक्कामा बसोबास गरिरहेको दाबी गरेका छन् ।

बेलायती समाचार संस्था रोयर्टससँगको अन्तर्वार्ताका क्रममा लाहुर तलावानीले आईएस प्रमुख अबु बकर अल बग्दादी अझै पनि जिवित रहेको दाबी गरेका हुन् ।

Agni Group

“उनी अवश्य पनि जिवितै छन् । उनको मृत्यु भइसकेको छैन, हामीसँग यसबारे जानकारी छ र हामी ९९ प्रतिशत विश्वस्त छौं कि उनी अझै पनि जिवितै छन्,” तलावानीले दाबी गरे ।

“इराकमा उनको आवद्धता अल कायदासँग पनि थियो । उनी सुरक्षाकर्मीहरुबाट लुकिरहेका थिए र अहिले उनलाई आफूले के गरिरहेको छु भन्ने थाहा पनि छ,” उनले थपे ।

Global Ime bank

इराकी सुरक्षा फौजले केही साता अघिमात्रै पनि आईएसको स्वघोषित राज्यको राजधानीको रुपमा चिनिएको इराकी शहर मोसुल नियन्त्रणमा लिएका छन् र अहिले रक्कामा आफ्नो दबाब बढाइरहेका छन् ।

तर पनि इस्लामिक स्टेटलाई पूर्ण रुपमा परास्त गर्न भने अझै ३ देखि ४ वर्ष लाग्ने तलावानीले दाबी गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC