site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरकाण्ड हेर्दा हेर्दैमा, अर्को सुनुवार्इ ८ गते हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरतपुर महानगरपालिका १९को मतपत्र च्यातिएको सम्बन्धमा सर्वोच्च अदालतमा भएको बहस आज पनि हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधिश पुरूषोत्तम भण्डारी र ओम प्रकाश मिश्रको इजलासमा भएको बहसपछि हेर्दाहेर्दैमा राखिएको हो ।
साउन ८ गते अर्को सुनुवाइ हुनेछ ।
उता मतपत्र च्यातिएपछि अन्योलमा रहेको चितवनको भरतपुर महानगरपालिकाका प्रमुख पदका उमेदवारहरु पर्ख र हेरको अबस्थामा पुगेका छन् । 

भरतपुर वडा नम्बर १९ मा एक चरणको चुनावी अभियान सक्दा समेत सर्वाेच्चबाट कुनै निर्णय नआएपछि अहिले उमेदवारहरु अदालतको निर्णय कुर्न बाध्य भएका हुन् ।

चुनावी अभियान कै क्रममा निर्णय आउने छ भनेर सक्रिय भएका उनीहरु मतपत्र च्यातिएको ५० दिन वित्दा समेत कुनै निचोड आएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन सम्पन्न भएको आज ६४ दिन पुग्दा पनि उमेदवार अन्योलमा छन् । अन्य वडामा विजयी भएका जनप्रतिनिधिहरु समेत बेकामे भएका छन् । दोस्रो चरणको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले नगर र गाउँसभा गरेर बजेट बनाई विकासका योजना ल्याईसके । भरतपुर १९ भने बन्धक जस्तै भएको छ । 

मुख्यगरी सर्वाोच्च अदालतले समयमै फैसला नगर्दा समस्या आएको हो । भरतपुर महानगरको काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार रेणु दाहाल अदालतको निर्णय ढिलाहुँदै सबै कामहरु रोकिएको महसुस भएको बताउँछिन् ।  “जे हुनु छ, छिटो भैदिए हुन्थ्यो,” दाहालले भनिन्, “समय लम्याउनुको अर्थ छैन ।”

Global Ime bank

उनले विगतको नजिर अनुसार पुनः मतदान कै निर्णय आउने बताईन् ।

गएको जेठ १४ गते पौने १२ बजे राति भरतपुर १९ को मतगणना कै क्रममा मतपत्र च्यातिएको थियो । पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । 
गणनाको अन्तिम अबस्थामा पुगेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो । 

आयोगको निर्णय विरुद्ध एमालेले पुनःमतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेको छ । एमाले भरतपुर १९ का सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दर्ता गरेपछि सर्वोच्च अदालतले मतदान अघि नबढाउन आदेश दिएको उक्त मुद्दा विचाराधिन छ । 

पटक पटक  सुनुवाई सरेको मुद्दाको पेशी आजका लागि तोकिएको थियो । यसअघि जेठ २८, ३०, असार ६, २३ का पेशी त्यसै गुज्रिए । असार ६ गतेको आदेशअनुसार निर्वाचन सम्बन्धी र मतपत्र च्यातिएको विषयका सक्कल झिकाउन आदेश भएको थियो  ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC