site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा फेरि सर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई हिरासतमुक्त गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ । उक्त मुद्दाको पेशी सोमबार (आज) तोकिएकोमा बहस नसकिएकाले भोलि (मंगलबार)का लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार अधिवक्ताहरु टीकाराम भट्टराई, किरण पौडेल र सञ्जिव रेग्मीले शर्माको पक्षमा बहस गरेका थिए । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशमा उक्त मुद्दा राखिएको थियो । 

यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले विपक्षीको नाममा शर्मालाई थुनामा राख्नुको कारण तथा शर्मालाई समेत आगामी शुक्रबार अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि शर्मा सर्वोच्चमा उपस्थित भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलबार थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

Global Ime bank


तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC