site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ । 

आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्घले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०.५८ बिन्दुले बजार बढेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१.८३, होटल २६.३९, विकास बैँक २९.५७, जलविद्युत् ९.१८, वित्त क्षेत्र ५.२३, बीमा ९५.३५, उत्पादन समूह २७.०४ र अन्य समूह १.१६ बिन्दुले बढेको छ । 

Global Ime bank

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC