site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियाली क्याडेट तथा एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य विजेता मनिता सम्मानित 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  कीर्गिस्तानको बिस्केकमा भएको ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक विजेता मनिता श्रेष्ठ प्रधान नगदसहित सम्मानित भएकी छिन् । मनितालाई सोमबार उनकै विद्यालय बाल विकास माविले नगदसहित सम्मानित गरेको हो  ।

मनितालाई रानीवनस्थित आफू अध्ययनरत बिद्यालय बाल विकास माविले नगद १५ हजारसहित सम्मान गरेको हो । मनितालाई एक कार्यक्रमकोबीच  नेपाल जुडो संघका उपमहासचिव एवम् बन्दी सहायता नियोग (पाम) का जुडो प्रशिक्षक सूर्य श्रेष्ठले विद्यालयको तर्फबाट नगद १५ हजार हस्तान्तरण गरेका थिए । मनिताले पाम डोजोबाटै जुडो खेल्न सिकेकी थिइन्  ।
गत शनिबार बिस्केकमा भएको च्याम्पियनसिपमा जुनियर महिलाको ५७ केजीमुनि भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडीलाई पराजित गर्दै मनिताले कास्य जितेकी थिइन्  । उक्त पदक मनिताको करियरको छैटौं अन्तर्रा्ष्ट्रिय पदक समेत हो  ।  भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता मनीताले २००९ सालदेखि जुडो खेल्न सुरु गरेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै मनीता सिनियर एसियाली स्तरको प्रतियोगितामा एक ‘बाउट’ जित्ने पहिलो नेपाली महिला जुडो खेलाडी पनि हुन् । गत जेठमा हङकङमा भएको एसियाली सिनियर जुडो च्याम्पियनसिपमा एक ‘बाउट’ जित्दै मनीता सो इतिहास रचेकी थिइन् ।

आफ्नै विद्यालयबाट सम्मानित भएपछि बोल्दै मनिताले  सम्मानले भविष्यमा अझ राम्रो गर्न हौसला मिलेको र आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउन प्रेरणा मिलेको बताइन् । यस्तै मनिताले आफ्नो व्यक्तिगत र खेल जीवनलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने संस्था पामका साथै सबैलाई धन्यवाद दिदै आभार प्रकट गरिन् ।

Global Ime bank

सम्मान कार्यक्रममा बिल्दाओ  विद्यालयकी प्रिन्सिपल मैयादेवी मल्लले मनिताको सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको बताउदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिइन् । त्यस्तै मनितालाई सुरुआतदेखि जुडो सिकाइरहेका पामका प्रशिक्षक सूर्य श्रेष्ठले पाम, विद्यालय र जुडोलाई मात्र नभइ मनिताले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC