site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाहाल यज्ञनिधिलाई ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बुद्धशान्ति फाउण्डेशनले ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार २०७४’ पुरस्कार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई प्रदान गरेको छ । रेडियो नेपालबाट प्रसारण हुने साहित्य संसार कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी यज्ञनिधिलाई पुरस्कारस्वरुप ५० हजार रुपैयाँ फाउण्डेशनका संस्थापक अध्यक्ष साहित्यकार तथा कलाकार सन्ध्या रेग्मीले प्रदान गरिन् । 

शिक्षा, साहित्य, समाजसेवामा अतुलनीय योगदान पुर्याउने सिर्जनशील व्यक्तित्वलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । 

कार्यक्रममा ९२ वर्षीय साहित्यकार कमलराज रेग्मीद्वारा लिखित ४ पुस्तकहरु, ‘मदनमणि दीक्षितको लेखन धर्मिता’, ‘आमा, म र पाल्पा’, ‘बचेँरालाई आहार’, ‘कमलराज रेग्मी : विविध आयाम’माथि वक्ताहरु प्रा.डा. सुरेन्द्र केसी, डा. नेत्रप्रसाद न्यौपाने, डा.नेत्र एटम, डा.रजनी ढकाल, इरोज श्रेष्ठ तथा वामदेव शर्माद्वारा परिचर्चा तथा अन्तरकृयासमेत भएको थियो । सोही कार्यक्रममा बुद्धशान्ति फाउण्डेसनको ब्रोसर तथा वेबसाइट पनि सार्वजनिकीकरण गरियो ।    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC