site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डको प्रस्तावः हामीलाई गुटबन्दीले सिध्यायो, विघटन गर्ने कि घोषित रुपमै चलाउने ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादीले चुनावी समीक्षा सुरु गरेको छ । पार्टीको हेडक्वाटर र जिल्ला इन्चार्जहरुको संयुक्त बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै पार्टीमा चरम गुटबन्दी भएकाले पनि हार खेप्नुपरेको बताएका थिए ।
उनले गुटबन्दीलाई विघटन गर्ने कि घोषित रुपमै चलाउने भन्ने प्रस्ताव राखेका थिए ।
“पार्टीभित्र गुटबन्दी असाध्यै बढ्यो,” प्रचण्डले सम्बोधनका क्रममा भने, “कि आजैबाट विघटन गरौं नभए घोषित रुपमै सबैले चलाऔं । नभए हामीलाई यसैले सिध्याउनेवाला छ ।”
दाहालले मुलुकमा माओवादीकै कारण परिवर्तन आएको भए पनि चुनावको परिणाम आउन नसकेको बताए ।  त्यसको मुल कारण पार्टीमा मौलाएको गुटबन्दी नै रहेको उनको निष्कर्ष थियो ।  उनले नेपाली कांग्रेस र एमालेले जस्तैगरी चुनाव लड्दा पनि हार खेप्नुपरेको बताएका थिए ।
“देशमा परिवर्तन हाम्रै कारणले आए पनि परिणाम हाम्रो पक्षमा आएन,” प्रचण्डले भने, “परिवर्तनलाई पनि हामीले संस्थागत गर्न सकेनौं । कांग्रेस, एमालेले जसरी चुनाव लडेका छन् त्यसैगरी लड्दा जित हासिल गर्न सकिएन । अब हाम्रो तरिकाले चुनाव लड्नुपर्छ ।”
उनले हारको कारण खोज्न जनतामा नभई पार्टीमा केन्द्रित हुनुपर्ने बताए ।
“हारको कारण जनतामा होइन, पार्टीभित्रै खोज्नुपर्छ,” उनले भने, “माओवादी जनताले खोजेजस्तो पार्टी रहेन । माओवादी जनताले यस्तो पार्टी खोजेका होइनन् ।”
बैठकमा जिल्ला कमिटीका इन्चार्जहरुले जिल्लामा चुनावको जितहारको कारण जानकारी गराउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC