site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘राम्रो चलचित्र बनाएर मात्रै नहुने रहेछ’
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


नेपाली चलचित्र उद्योगमा अहिले वार्षिक सयको हाराहारीमा चलचित्र प्रदर्शन हुन्छन् । जसमा मुस्किलले आधा दर्जनले मात्रै राम्रो व्यापार गर्छन् । आधा दर्जनकै हाराहारीले लगानी उठाउँछन्, बाँकी सबै घाटामा जान्छन् । यसको मारमा चललचित्रकर्मी विशेषतः निर्माताहरु पर्ने गरेका छन् । चर्को प्रतिस्पर्धा भइरहेका बेला हुने अस्वस्थ प्रतिस्पर्धाले चलचित्र उद्योग नै आक्रान्त बनेको छ । गएको शुक्रबार रिलिज भएको चलचित्र ‘सायद–२’ का निर्माता तथा कलाकार सुनिल रावलसँग योसँगै उनको चलचित्र ‘सायद–२’ का विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीः 

चलचित्र ‘सायद–२’ प्रदर्शनमा छ । कत्तिको दौडधुप छ ?
आफूले बनाएको चलचित्र भएकाले प्रचारप्रसारमा लाग्नुपर्नेहुँदा पनि दौडधुप नै छ । 

कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
यो त मलाई भन्दा पनि तपाईंहरुलाई बढी थाहा होला । मैले अगाडि बनाएका ‘सायद’, ‘होस्टल’ र ‘होस्टल रिटन्र्स’ जस्तै यसमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । सबैले राम्रो भनिरहनु भएको छ । फेसबुक, म्यासेज तथा भेटघाटमा पनि तपाईंले आफ्ना पुराना चलचित्रजस्तै राम्रो चलचित्र बनाउनु भएछ भनिरहनु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भनेपछि हलमा अकुपेन्सी पनि त राम्रो होला ?
इमान्दार भएर भन्दा प्रतिक्रियाअनुसारको अकुपेन्सी भने छैन । हलमा अपेक्षा गरेअनुसार दर्शक आउनु भएको छैन । 

चलचित्र राम्रो भन्ने प्रतिक्रिया आएपछि त अकुपेन्सी पनि राम्रो हुनुपर्ने होइन र ?
हो । तर जसरी मेरा अन्य चलचित्रमा दर्शकको बाक्लो उपस्थिति हुन्थ्यो, त्यो अनुपातमा दलमा दर्शकको संख्या छैन । 

Global Ime bank

कसरी यस्तो भयो ?
सायद दर्शक झुक्किनुभयो । 

भनेको ?
अहिले ‘म यस्तो गीत गाउँछु’ चलिरहेको छ । ‘प्रेम गीत–२’ भनेर त्यो चलचित्र हेर्न गइरहनु भएको छ दर्शक । त्यसको असर ‘सायद–२’ लाई परिरहेको छ ।  

कमजोरी कसको त उसो भए दर्शक कि निर्माता निर्देशकको ?
दर्शकलाई म दोष दिन्न । सायद हाम्रै होला । हामीले ‘सायद–२’ आउँदैछ है भनेर जति प्रचार गर्नुपर्ने थियो त्यो गरेनौं कि !

पब्लिसिटीमा हामी कम खर्छ गर्छौं । त्यसको परिणाम हो उसो भए ?
म पब्लिसिटीमा पनि मोटो रकम खर्च गर्नेमान्छे हुँ । गरेको पनि छु । तर म यो बीचमा अर्को चलचित्र ‘लाउरे’ को स्क्रिप्ट र सुटिङमा लागेँ, त्यही भएर ‘सायद–२’ भन्दा पनि यो नयाँ चलचित्रको बढी प्रचारप्रसार भयो । ‘सायद–२’ लाई ‘लाउरे’ले ओझेलमा पारे जस्तो लाग्यो । 

चलचित्र प्रचारप्रसारको काम त वितरकको होइन र ?
हो । तर, नेपालमा कहाँ आफ्नो जिम्मेवारी अनुसार सबैले काम गर्छन् र ? वितरकले प्रचारप्रसार त के राम्रोसँग हलमा लाउँदा पनि लगाउँदैनन् । 

बलिउड, हलिउड चलचित्रले चलचित्रको कुल लागतको ५० प्रतिशत पब्लिसिटीमा खर्च गर्छन्, हामी त २५ प्रतिशत पनि गर्दैनौं नि !
हो । ५० प्रतिशत त हामी खर्च गर्दैनौं । म भने राम्रै खर्च गरिरहेको हुन्छु । नयाँले पुरानो ओझेलमा परेको हो यो पटक । 

फेस भ्यालु बोकेको कलाकार तपाईंको चलचित्रमा छैनन् । त्यो पनि कारण हो कि ?
हुन सक्छ । तर मेरा अघिल्ला तीन वटा चलचित्रमा पनि पुराना चलेका अनुहार कोही थिइनन् । एक दर्जनभन्दा नयाँ अनुहारलाई मैले नेपाली चलचित्र उद्योगमा ल्याइसकेको छु ।

भनेपछि अब आउँदा तपाईंका चलचित्रमा नयाँ अनुहार भन्दा पनि पुराना अनुहार देखिन्छ ?
त्यो सम्भावना छ । किनभने मैले अगाडिका भन्दा राम्रो चलचित्र बनाउँदा अपेक्षित चलेन भने मैले रिस्क किन उठाउने भन्ने पनि सोच्नुपर्छ कि जस्तो लाग्न थालेको छ । 

तपाईं सुरुमा नयाँलाई हामीले ब्रेक दिएनौं भने नयाँ कलाकार कसरी आउँछन् भन्नुहुन्थ्यो हैन ?
हो । मलाई यो चलचित्रमा आइपुग्दा उहाँहरु सही र म गलत रहेँछु कि भन्ने लागिरहेको छ । 

कथावस्तु के छ ‘सायद–२’ मा ?
अहिलेको युवा पुस्ताको समसामयिक कथावस्तु छ । हरेक व्यक्तिका लागि भनेर निर्माण गरिएको चलचित्र हो । किनभने हामी सबैले टिनएज पार गरेर आएका छौं । त्यसैले यो सबैको कथा हो । अन्य चलचित्रमा अब के हुन्छ भन्ने १५ मिनेट अगाडि नै थाहा हुन्छ, तर मेरो चलचित्रमा फिल्म सकिएको १५ मिनेटपछि मात्रै थाहा हुन्छ चलचित्रमा यो ट्विस्ट किन भयो भन्ने । 

तपाईंको कुरालाई मान्ने हो भने राम्रो चलचित्र बनाएर मात्रै हुँदैन रहेछ हैन ?
यो त देखियो नि । सबैले राम्रो भन्ने तर हलमा नजाने । दुर्गिश ब्यानरले राम्रा चलचित्र दिन्छ दर्शकलाई ठग्दैन भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि दर्शकको साथ नपाउँदा राम्रो चलचित्र बनाएर मात्रै नहुने रहेछ भनेर म जत्तिको प्रोड्युसर पनि हच्किने अवस्था आयो । 

कमजोरी कसको त ?
दर्शकलाई दोष दिने कुरा भएन । हामीले सायद चलचित्र प्रदर्शन, निर्माण अगाडि पर्याप्त रिसर्च गर्नुपर्छ भन्ने पाठ सिकेँ मैले । 

अपेक्षित चलचित्र जुधाउनुलाई कमजोरी स्वीकार्नु हुन्न ?
मैले एक वर्ष पहिला डेट लिएर बसेको हुँ । ६ महिना पछाडि बनेको चलचित्र म सँगै रिलिज हुन आउँछ भने कमजोरी उसको हो । मेरो हैन । यसले राम्रा चलचित्र बनाउँछ अब यसको ब्रान्ड खुइल्याउनुपर्छ भन्ने पनि छन् नि हैन र ?

अब चलचित्र विकास बोर्डका विषयमा कुरा गरौं । 
गरौं र नगरौं होला । 

किन ?
मलाई चलचित्रसँग सम्बन्धित कुनै पनि संघसंस्थाका बारेमा कुरा गर्न मन लाग्दैन । 

किन यति धेरै असन्तुष्टि ? 
काम गरेको हुनु पर्यो नि विकारबोर्डले चलचित्रका बारेमा काम नै गरेको छैन भने के कुरा गर्नु । 

चलचित्रकर्मीहरुको त अभिभावक हो नि हैन  ? 
हो । तर, अभिभावक भएपछि अभिभाकको भूमिकामा पनि निभाउनु पर्छ नि । 

चलचित्रको उत्थानका लागि केही काम गरेको छैन बोर्डले ? 
खै मलाई त गरे जस्तो लाग्दैन । 

तस्बिरः सुनिलको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC