site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला जनप्रतिनिधिमा निर्वाचित भएका छन् । 

मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ती जनप्रतिनिधिलाई सम्मानित गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उपराष्ट्रपति नन्दबहादुर पुनले सो सम्मान प्रदान गरे । कार्यक्रममा ६० मध्ये ४४ जनप्रतिनिधि उपस्थिति थिए । 

सम्मानित हुनेहरुमा जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख कान्तिका सेजुवाल, काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, बाजुराको जिल्ला समन्वय समितिका सदस्य राधिका सुनारलगायत विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य छन् । प्रदेश नं २ बाहेक अन्य छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । 

Global Ime bank

उपराष्ट्रपति पुनले निर्वाचनका कारण व्यापक राजनीतिक जागरण सिर्जना भई महिला जनताको सेवा गर्ने ठाउँमा पुग्न सफल भएको बताए । उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सरकार र जनप्रतिनिधि र अधिकारकर्मीको सामूहिक प्रयास जारी रहनुपर्नेमा जोड दिए । 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संविधानले राज्यका हरेक निकायका ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन र नीतिहरु तर्जुमा भइरहेको बताए । 
शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले महिला अधिकारका क्षेत्रमा सरकार सहकार्य गर्न तयार भएकाले कार्यक्रमसहित सहकार्यमा आउन आग्रह गरे । 
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष लिली थापालाई भारतको ‘दयावती मोदी स्त्री शक्ति अवार्ड’ प्रदान गरिएको थियो । 

सम्मेलनमा दक्षिण एसियाका महिलाको मानवअधिकार, गरिबी निवारण, राजनीतिक सशक्तीकरण, शान्ति निर्माण र विकासका कार्यमा एकल महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल हुने एकल महिला समूहका अध्यक्ष निर्मला शर्मा ढुंगानाले जानकारी दिइन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC