ad

साहित्य र कला

जग्गा जासुस प्रशंसनीय र तर कलेक्सन झुर

काठमाडौं । रणवीर कपुर र क्याटरिना केफको चलचित्र ‘जग्गा जासुस’ लाई धेरैजसो समीक्षक र दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र अब्बल दर्जाको मानिएको छ । तर कमाइको मामिलामा चलचित्रले कुनै प्रगति देखाइरहेको छैन ।

तीन दिनमा अर्थात् चलचित्रले आफ्नो पहिलो विकेन्डमा झण्डै ३४ करोडको आँकडा पार गरेको छ । चलचित्रको बजेटलाई हेर्दा यो कुनै राम्रो संकेत होइन । चलचित्र ८० देखि १०० करोडको बजेटमा तयार भएको छ । 

आइतबार चलचित्रले झण्डै १४ करोडको कमाइ गर्यो । तर अब चलचित्रको भाग्य पहिलो हप्तामै निर्भर रहन्छ । यसअघि श्रीदेवीको चलचित्र ‘मम’ पनि ठूलो बजेट भएका कारण हिट हुन सकेको थिएन । यद्यपि चलचित्रलाई निकै मन पराइएको थियो । 

यो चलचित्रले रणवीर–क्याटरिनाको विगतका चलचित्र ‘बम्बे भेल्भेट, ‘बारबार देखो’ भन्दा उत्कृष्ट ओपनिङ दिएको थियो । यदि चलचित्रलाई हिट हुनका लागि पहिलो  विकेन्डमा नै ८० करोड पार गर्नुपर्ने हुन्थ्यो । अहिले यो असम्भव छ ।  

तपाईंको मत