site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपाली समुदाय यूएईले यसरी मनायो भानुजयन्ती
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली समुदाय यूएईले विगतका वर्षमा झैं यस वर्ष पनि भानुजयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदाय (साहित्य कला संसार) युएईको आयोजना र कायकल्पको सहकार्यमा गएको शुक्रबार बरदुबईस्थित सिन्ध पञ्जाबको हलमा भानुजयन्ती मनाइएको हो । 

कार्यक्रममा स्रष्टा तथा कलाकारहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमका सभापति नेपाली समुदाय यूएईका संस्थापक अध्यक्ष तथा अभियन्ता बिदुर राउतले भानुभक्तको प्रतिमामा माल्यार्पण गरेसँगै राष्ट्रिय गाना गाउँदै शुभारम्भ भएको थियो । प्रमुख अतिथि घनश्याम नेपालका साथै अतिथिहरुमा विश्वराज न्यौपाने, तोया चौलागाइँ, कृष्णप्रसाद भट्टराई र आर पि सिर्जन थिए । 

कार्यक्रममा राजकुमार तिवारी, हरि न्यौपाने, ताराप्रसाद सापकोटा, कृष्ण पारस दुलाल, सुवास शर्मा र डि एल घिमिरेलगायतले आफ्नो सिर्जनाहरु सुनाएका थिए, भने गायक प्रकाश मगर, गीतकार सूजन कोई राईलगायतका कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई प्रभु बैंक, शुभयात्रा ट्राभल्स, फूलबारी रेस्टुरेन्ट, सन एन्ड मुन ट्राभल, काठमाडौं प्यालेस रेस्टुरेन्ट र प्रान फूडले प्रयोजन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकले केही समयअघि जारी गरेको वैदेशिक रोजगार बचतपत्र नेपालीहरुले खरिद गरेका थिए । त्यसको प्रमाणपत्र सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC