site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपालले आज उज्बेकिस्तानको सामना गर्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले बलियो टोली उज्बेकिस्तानको सामना गर्दै छ । पहिलो खेलमा आयोजक युएईसँग पराजित नेपालले आज राती  उज्बेकिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र उज्बेकिस्तानबिचको खेल युएईको तेह्नान विन मोहमद रंगशालामा नेपाली समय अनुसार बेलुका ८ स् १५ मा सुरु हुने छ । एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई उज्बेकिस्तानसँगको खेल जित्नै पर्ने दबाब रहेको छ । तर,पहिलो खेलमा लेबनानलाई हराएको उज्बेकिस्तानसँगको खेल नेपालको लागि सहज हुने छैन । च्याम्पियनसिपमा छनोट हुने झिनो सम्भावना रहेको नेपाल उज्बेकिस्तानसँग पराजित भएको खण्डमा समूह चरणबाट बाहिरिने छ ।

Agni Group

छनोटमा नेपाल अंकबिहिन छ भने उज्बेकिस्तान दोस्रो स्थानमा छ । युएईसँग समान ३ अंक भएपनि गोल अन्तरमा उज्बेकिस्तान पछि छ । पहिलो खेलमा युएईले नेपाललाई ५ – ० को फराकिलो अन्तरले हराएको थियो भने उज्बेकिस्तानले लेबनानलाई ३ – १ पराजित गरेको थियो । लेबनान पनि अंकबिहिन रहेको छ । उज्बेकिस्तानपछि नेपालले समूहको अन्तिम खेलमा बुधबार लेबनानसँग खेल्नेछ । 

समूह चरणका खेलपछि शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ ।  एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरेर छनोट खेल खेलाइरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC