site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले विजय सुरुआत गरेको हो  ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सिंगापुरले दिएको ७४ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो  । सिंगापुरले दिएको सामान्य रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले सुरुआत भने खराब गरेको थियो । मात्र ९ रन जोड्दा नेपालले २ विकेट गुमाईसकेको थियो । तर, प्रनित थापा मगरले २३ रन जोड्दै नेपालको जितको आधार तय गरेका थिए । यस्तै नेपालका लागि अनिल कुमार साहले १९ तथा रोहितकुमार पौडेल ११ रनमा अविजित रहे  । सिंगापुरका लागि गोपीनाथ आचार र सुनील आर्यमानले समान दुई दुई विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि सिंगापुरले २९ ओभरमा अलआउट हुदैँ ७३ रन बनाएको थियो ।  नेपाली कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरेपछि सिंगापुर सस्तैमा समेटिएको थियो । सिंगापुरका लागि ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिपले मात्र २१ रन खर्चिएर ५ विकेट लिए । यस्तै  साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।

जितसँगै नेपालले २ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले अब मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

Global Ime bank

डबल राउण्ड रोबिनका आधारमा हुने छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC