site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पुँजीबजारमा विभिन्न क्षेत्रका डेढ दर्जन कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेका छन् । 
गत असार ३० गतेसम्म बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत गरी १८ कम्पनीले साधारण सेयर (आईपीओ) र थप सेयर निष्कान (एफपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत कम्पनी रहेका छन् । 
१८ कम्पनीले ५ करोड ६२ लाख ३ हजार ८५ कित्ता आईपीओ र एफपीओ निष्कासन गर्न लागेका हुन् । यी मध्ये ३ अर्ब २९ करोड १४ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख १४ हजार कित्ता आईपीओ र १ करोड ७० लाख कित्ता भन्दा बढी एफपीओ निष्कासनका लागि निवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।  
यस्तै जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनका लागि वोर्डमा निवेदन दिएका हुन् । पछिल्लो समयमा जलविद्युत आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई अनिवार्य सेयर दिनुपर्ने भएपछि यस क्षेत्रको निष्कासन बढेको हो ।  
सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ । आँखुले आयोजना प्रभावित स्थानियबासिन्दालाई ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासनका लागि निवेदन दिएको छ । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियवासिन्दालाई दिने भएको छ । 
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानियबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासन गर्दे छ ।   
प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । प्रिमियरको एफपीओको मुल्य भने निर्धारण भएको छैन । उसले पुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । 
शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर निष्कास गर्न लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले पनि ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले लगानी वित्तीय संस्थाका कर्मचारीलाई ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन  गर्दे छ । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारीलाई १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार रुपैयाँको सेयर निष्कास गर्ने भएको छ । 
बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पुँजी बढाउन संस्थापक एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ६१ लख ५८ हजार कित्ता एफपीओ निष्कासन गर्न वोर्डमा निवेदन दिएको छ । 
पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्देछ । नेपाल ग्रामीण विकास बैंकले पनि पुँजी बढाउन एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कास गर्ने भएको छ । 
एनएमबी बैंकले चुक्तापुँजी बढाउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उसले चुक्तापूँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । 
यस्तै राधी विद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । लङघिङ बुद्धपावर कम्पनी नेपाल लिमिटेडले पनि स्थानियबासिन्दालाई ९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 
युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई सेयर निष्कास गर्न लागेको छ । उसले ५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर स्थानियबासिन्दालाई निष्कासन गर्न लागेको हो । युनिकले ३ मेगावाटको मिदीमकरापु खोला आयोजना निर्माण गरिरहेको छ । 
यस्तै जलविद्युत आयोजना निर्माण गरिरहेको सिईडीबी हाइड्रोफण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको बोर्डले जानकारी दिएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC