site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य   
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य दिएको छ । घरेलु टोलि सिंगापुरले दिएको  ७४ रनको सामान्य लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि सिंगापुरले २९ ओभरमा अलआउट हुदैँ ७३ रन बनायो ।  नेपाली कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरेपछि सिंगापुर सस्तैमा समेटिएको हो । सिंगापुरका लागि ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिपले ५ तथा साहब आलमले ३ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली टोलि सिंगापुर पुगेको हो  । सिंगापुर पछि नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

एसियन क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC