site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा नेपालले अहिले घरेलु टोलि सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल र सिंगापुरबिचको खेल पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सुरु भएको छ  । र , स्पिनर सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रेको नेपालले टस जितेर पहिले फिल्डीङ रोजेको छ । नेपालले बलिङ गर्ने निर्णय लिएपछि सिंगापुर ब्याटिङ गरिरहेको छ ।
नेपाल यु – १९ को उमेर समूहमा छैटौं पटक सिंगापुरसँग खेल्न लागेको हो ।  यसअघिका खेलमा नेपाल सिंगापुरसँग पराजित भएको छैन । नेपालले सिंगापुरविरुद्ध खेलेको पाँच खेल नै आफ्नो पक्षमा बनाईसकेको छ । नेपालले पछिल्लो समय सिंगापुरसंग सन् २००९ मा खेलेको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो । त्यसयता नेपाल पहिलो पटक सिंगापुरसँग खेल्न लागेको हो ।
न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली पहिलो खेलमा जित निकाल्दै उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । सिंगापुर पछि नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ भने तेस्रो खेलमा नेपालले बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।
एसियन क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC