site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यस्ता छन् ३ वर्षभित्र नेपालमा बन्न लागेका ५ तारे होटल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२० भित्र नेपालमा ५ तारे होटलको संख्या २० पुग्ने भएको छ । अहिले १० वटा ५ तारे होटल रहेकोमा थप १० वटा ५ तारे होटल थपिन लागेका हुन् ।

 

थपिन लागेका होटलमा सिटी होटल (कालीमाटी), होटल क्राउन इम्पेरियल (रविभवन), एभरेस्ट हस्पिटालिटी (नक्साल), जगदम्बा हस्पिटालिटी, सेराटन (नक्साल), अकला होटल (धुम्बाराही) र होटल ले शेर्पा छन्।

Prabhu Bank
Agni Group
NIC Asia

 

काठमाडौं बाहिर रारा परियोजना, होटल टाइगरवान (रूपन्देही), होटल पवन प्यालेस (लुम्बिनी), भेगास सीटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउन (झापा) रहेका छन्।

Global Ime bank

८ अर्ब लगानीमा काठमाडौंमा खुल्ने सेराटन होटलमा २१८ वटा कोठा हुनेछन् । ५ अर्ब लगानीमा काठमाडौंमा निर्माण हुने अकलामा १७५ वटा कोठा हुनेछन् । त्यस्तै, ३ अर्ब ७ करोडमा बुटवलमा बन्ने टाइगर प्यालेसमा २०० वटा कोठा हुने बताइएको छ । १ अर्ब ३५ करोडमा रुपन्देहीमा बन्ने होटल पवन प्यालेसमा १४८ वटा कोठा हुनेछन् ।  यस्तै, अन्य ६ होटल परियोजनाको वातावरणीय अध्ययन भइरहेको होटल संघ नेपाल (हान)ले जनाएको छ ।

 

हानका अनुसार यी ३० वटा होटलमा करिब ३३ अर्ब लगानी हुुनेछ । योसँगै नेपालमा होटलमा लगानी ३ सय अर्ब (३ खर्ब) पुग्नेछ । होटलमा अहिले करिब साढे २ खर्ब भन्दामाथि लगानी रहेको हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्य बताउँछन् ।

 

अहिले ५ तारे होटल १०, ४ तारे होटल ३, ३ तारे होटल ३४, २ तारे होटल ४४, एकतारे ३० वटा छन् । तारे होटलको संख्या २२१ रहेको छ । तारे होटलमा १० हजार ७१ रुम छन् भने पर्यटकीय स्तरीय होटलमा २८ हजार १७१ वटा रुम छन् । तारारहित १६५ वटा होटल सञ्चालनमा छन् भने पर्यटकीय स्तरका ९८५ वटा होटलले सेवा दिइरहेका छन् ।

 

हानका अनुसार गत वर्ष पर्यटकस्तरीय ४४ वटा नयाँ होटल सञ्चालनमा आएका थिए। जसमा ४ तारे १, ३ तारेको ५, २ तारे २, १ तारे ६ र पर्यटकस्तरीय तर तारारहित ३० होटल थिए। तर ती अधिकांश होटल काठमाडौं उपत्यकाभित्र खुलेका थिए ।

 

पछिल्लो समय नेपालमा होटलमा लगानी बढ्नुको कारण भारत र चीनको बीचमा नेपाल रहनु नै भएको हान बताउँछ । “टुरिजमको कल्चर विकास र विस्तार भइरहेको भारत र चीन नै नेपालमा होटलमा लगानी आकर्षण हुनुको मुख्य कारण हो,” हानका प्रवक्ता विनायक शाह भन्छन्, “चीनबाट बर्सेनि १७/१८ लाख र भारतबाट ७/८ लाख नागरिक नियमित रुपमा घुमफिरका लागि निस्किन्छन् । यी दुई राष्ट्रको बीचमा नेपाल रहेकै कारण होटलमा लगानी बढेको हो ।”

 

नेपालमा अहिले गैरआवासीय नेपालीको लगानी होटलमा केन्द्रित हुन थालेको छ । अहिले बन्न लागेका अधिकांश ठूला तारे होटलमा गैरआवासीय नेपाली व्यापारीको लगानी छ । लगानी विदेशमा रहेका नेपालीको भएपनि त्यसमा कन्ट्रयाक्टम्यानेजमेन्ट विश्वभर रहेका चेन होटलको हुने भएकाले त्यसको सकारात्मक प्रभाव पर्ने हानको विश्वास छ । प्रवक्ता शाह भन्छन्, “विश्वर छरिएर रहेका ठूला तारे होटलका कन्ट्रयाक्टम्यानेजमेन्टले लिएपछि नेपालको उनीहरुले नै प्रोमोट गरिरहेका हुन्छन् । त्यसैले गैरआवासीय नेपालीको लगानीले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउँछ ।”

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC