site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सेनेगल । सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । 

शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका उनीहरुका पक्षधरको झडप भएको थियो । 

प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । 

Global Ime bank

समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो । 

भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् । 

भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पु¥याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ । 

फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ होईनन् । दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । रासस÷सिन्ह्वा 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC