काठमाडौं । यामी गौतम पछिल्लो पटक ऋतिक रोशनसँग चलचित्र ‘काबिल’ मा देखिएकी थिइन् । उनी पुनः एकपटक यी अभिनेतासँग देखिँदैछिन् । नवभारत टाइम्सका अनुसार चलचित्र ‘कृष–४’ का लागि यामी गौतमसँग सम्पर्क गरिएको छ ।
हालै दिइएको एउटा अन्तर्वार्तामा यामीले ऋतिकको पूर्णता र अभिनयको प्रशंसा गरेकी थिइन् । साथै उनले ऋतिकसँग काम गर्न चाहेको बताएकी थिइन् । यामीले
ऋतिक निकै मिहिनेती, उत्साही र पूर्ण अभिनेता भएको बताएकी थिइन् । ऋतिकले उनको काम सधैँ सुधार्ने कोशिश गरेको बताएकी थिइन् ।
यद्यपि ऋतिकका बुवा राकेश रोशनले मिडियासँग कुराकानी गर्दै यो रिपोर्ट अफवाह मात्रै भएको बताएका थिए । उनले भने, “हामी अहिले पनि कृष ४ को स्क्रिप्टमाथि काम गरिरहेका छ“हामी अहिले पनि कृष ४ को स्क्रिप्टमाथि काम गरिरहेका छौँ जब यो काम पूरा हुन्छ तब मात्र चलत्रिको कास्ट र अन्य क्रुका छनोट गरिनेछ । अहिलेसम्म चलचित्रका लागि कसैसँग सम्पर्क गरिएको छैन ।”
यद्यपि दर्शकलाई ‘काबिल’ मा यामी र ऋतिकको जोडी निकै मनपरेको थियो ।