site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्याटरिना ‘बुम’ देखि ‘धूम’ सम्मः १४ वर्षदेखि सुपरस्टार, मात्र सलमान खान कारण होइनन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । क्याटरिना केफले आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन् । विश्वभरका फ्यानले उनलाई जन्मदिनको बधाइ दिँदैछन् । उनी हाल न्युयोर्कमा आइफा अवार्डका कारण बलिउडकै साथ आफ्नो जन्मदिन मनाउँदैछिन् । क्याटरिना विगतका १४ वर्षदेखि बलिउडमा ‘नम्बर वान’ अभिनेत्रीका रूपमा छिन् । 
उनका बारेमा प्राय भनिन्छ– उनी धेरै राम्री अभिनेत्री होइनन्, तर उनको फलताका पछाडि सलमान खानको हात अवश्य छ । बलिउडमा डेब्यु गराउन सलमान खानले उनलाई सहयोग गरेका थिए तर मात्र सलमान खानकै कारण १४ वर्षदेखि बलिउडमा उनी छिन् भन्नु उचित हुँदैन । 
फिल्मीबिटका अनुसार क्याटरिनाको फिल्मोग्राफी हेर्ने हो भने सन् २०१४ र ०१५ बाहेक घटिमा पनि प्रत्येक वर्ष दुईवटा चलचित्र रिलिज भएका छन् । यो वर्ष पनि उनको चलचित्र ‘जग्गा जासुस’ रिलिज भइसकेको छ । र, ‘टाइगर जिन्दा है’ रिलिज हुँदैछ । क्याटरिना केफसँग काम गर्ने स्टारले एकपटक पनि उनको प्रशंसा नगरी रहन सक्दैनन् । 
यहाँ हेरौँ फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्री क्याटरिनाले विगत वर्षहरूमा आफूलाई सफलताका लागि कसरी निखारी रहेकी छन् । 

सलमान खान गडफादर
सलमान खानले क्याटरिना केफलाई बलिउडमा डेब्यु गराउन सहयोग गरे । हालै आईफाको एउटा पत्रकार भेटघाटमा पनि क्याटरिनाले आफ्नो सबैभन्दा राम्रो कुरो सलमान खानसँगको भेटलाई स्विकार गरिन् । 

मिहिनेतमा कुनै कमी छैन 
क्याटरिनाले जबदेखि बलिउडमा डेब्यु गरिन्, अहिलेसम्म आफ्नो सुधारमा ध्यान दिई नै रहिन् । उनले बलिउडमा प्रवेश गर्ने बित्तिकै हिन्दी भाषामा ध्यान दिइन् । पहिले आफ्नो स्क्रिप्ट पूर्ण रूपमा कण्ठ गर्ने क्याटरिना अहिले सजिलैसँग हिन्दीमा कुरा गर्न सक्छिन् । 

Agni Group

राम्रो डान्सर
 

क्याटरिना आजको मितिमा बलिउडकी उत्कृष्ट नृत्यांगना हुन् । उनले कयौँ आइटम गीतमा अभिनय गरेकी छन्, जसलाई दर्शकले निकै मन पराएका छन् । ‘शिला की जवानी’, ‘चिकनी चमेली’, ‘बडीगार्ड’ सहित कयौँ चलचित्रमा शानदार नृत्यद्वार दर्शकलाई प्रभावित गरेकी छिन् । 

Global Ime bank

जहिल्यै मिडियामा
 

क्याटरिना केफ सधैँ सञ्चार माध्यममा छाइरिहन् । चाहे त्यो उनको चलचित्रका कारणले होस्, अफेयरका कारण होस् या विवादका कारण तर उनी कहिल्यै पनि दर्शकको मनमष्तिष्कबाट ओझेलमा परिनन् । 

सुपरस्टारसँग काम
 

क्याटरिना केफ ठूला स्टारसँग काम गर्न मनपराउँछिन् । र, यही कारणले उनको स्टारडममा कहिल्यै पनि खतरा उत्पन्न हुँदैन । अहिले पनि क्याटरिना तीन खानका साथ काम गरिरहेकी छन् । र, हिजै मात्र रणवीर कपुरसँग उनको चलचित्र रिलिज भयो । 

हिरोइनको महत्व
 

यदि क्याटरिनालाई चलचित्र मन परेन भने ठूलो व्यानरको चलचित्रलाई पनि ‘नाइँ’ भन्न पछि हट्दिनन् । उनलाई त्यस्ता चलचित्र मात्र गर्न मनपर्छ जहाँ हिरोइनको महत्व पनि उत्तिकै होस् ।

प्राथमिकताको ज्ञान छ
क्याटरिना केफलाई उनको जीवनमा पहिलो प्राथमिकता र महत्व के हो भन्ने कुरो थाहा छ । त्यसैले उनले ‘ये जवानी है दिवानी’ का लागि यश चोपडालाई ‘नाइँ’ भनिनन् । 

आफ्नो क्षमता अनुसारको चलचित्र
 

क्याटरिना केफ त्यस्ता चलचित्रमा मात्र काम गर्छिन् जसको भूमिका उनले निर्वाह गर्न सक्छिन् । उनले दक्षिण भारतको तौरतरिका अपनाउन नसक्ने भएकाले नै
‘चेन्नई एक्सप्रेस’ जस्तो चलचित्रमा काम गर्न नसक्ने बताएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC