site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा आज नयाँ राष्ट्रपति चयन, रामनाथ कोबिन्द निर्वाचित हुने निश्चित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतले सोमबार नयाँ राष्ट्रपतिको रुपमा रामनाथ कोबिन्दलाई निर्वाचित गर्दैछ ।
सत्तारुढ भारतीय जनता पार्टीले पनि राष्ट्रिय स्वयंम सेवक संघका रामनाथ कोबिन्दलाई समर्थन गर्दैछ भने गत हप्तामात्रै पनि भाजपाले आफ्नो पल्ला भारी बनाउनको लागि अरु साना पार्टीसँग छलफल गरेको थियो ।
विश्लेषकहरु भाजपाको यो कदम प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो प्रभाव र शक्ति बढाउने उद्धेश्यको रुपमा लिन्छन् । भारतीय संविधानअनुसार प्रधानमन्त्री र क्याबिनेटले कार्यकारी अधिकार दिएको छ तर विशेष अवस्थामा भने राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्न पाउँछन् र प्रधानमन्त्री मोदी यस्तो विशेष अवस्थाको लागि पहिलेदेखि नै तम्तयार रहने ध्येयमा देखिन्छन् ।
भारतीय राष्ट्रपतिले संसदीय चुनावको नतिजा अनिर्णित भएमा र सरकार बनाउन धेरै समय लागे आफ्नो विशेष अधिकार प्रयोग गरि कुनै एक पार्टीलाई सरकार गठनको जिम्मेवारी दिन सक्छन् । प्रधानमन्त्री मोदीको भाजपा अहिले बलियो देखिए पनि कालान्तरमा यस्तै कुनै अवस्था आए जोखिम लिन चाहन्न् ।
नयाँ राष्ट्रपति बन्न लागेका ७२ वर्षिया र दलित नेताको रुपमा चिनिएका कोबिन्दले यसअघि भारतीय सर्वोच्च अदालतको सरकारी वकिलको रुपमा काम गरिसकेका छन् साथै उनी एकपटक प्रान्तीय गर्भनर पनि बनिसकेका छन् ।
तर भाजपाले भविश्यमा आफ्नो स्वार्थको लागि प्रयोग गर्ने स्पष्ट भइसके पनि उनले भने आफु कुनै पनि पार्टीसँग सम्बन्धित नहुने दाबी गरेका छन् ।
“मैले गर्भनरको रुपमा जिम्मेवारी निर्वाह गरिसकेको छु र त्यस समयदेखि म कुनै पार्टीसंग आवद्ध छैन । भारतको राष्ट्रपतीय पद राजनीति भन्दा माथि रहेको छ र म यो भुमिका सोही अनुसार निर्वाह गर्छु,” अघिल्लो महिना आफ्नो उम्मेदवारी दर्ता गर्दा बताएका थिए ।
यता कंग्रेस र कम्युनिष्ट पार्टीले कोबिन्दका विपक्षमा उठाएको उमेदवार मिइरा कुमारले भने आफ्नो उम्मेदवारी कोबिन्दको सिद्धान्तलाई चुनौती दिनलाई भएको बताएकी छिन् ।
“यो चुनाव भनेको देशको उच्च पदको लागि हो । म कोबिन्द जीको सम्मान गर्छु तर म उनलाई होइन उनको सिद्धान्तलाई चुनौती दिनको लागि उम्मेदवार बनेको हुँ,” उनले भनिन् ।
इलेक्ट्रोरल कलेजको आधारमा राष्ट्रपति चुन्दै आएको भारतमा दुबै सदनका सदस्यहरुको भोटको आधारमा नयाँ राष्ट्रपति चुन्छ । अहिले पनि भारतीय जनता पार्टीको पक्षमा दुबै सदनमा बहुमत रहेकाले भाजपाले चुनेको उम्मेदवार नै राष्ट्रपति चुन्ने पक्का पक्की छ ।
सोमबार कोबिन्द राष्ट्रपतिको रुपमा चुनिए पछि मोदीको उच्च पदमा आफ्नो पक्षका व्यक्तिहरु नियुक्त भएपछि मोदीको हिन्दुत्वको लडाइं झन् सबल हुनेछ । मोदीले आफु अनुकुल व्यक्तिहरु मुख्यमन्त्री र गर्भनरमात्रै नभइ अब शैक्षिक संस्था र थिंक ट्याङ्कमा पनि आफ्नो प्रभाव बढाउन सक्छन् ।

गत मार्चमा मात्रै पनि मोदीले योगी आदित्यनाथलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाएका थिए । आदित्यनाथलाई यसअघि भारतमा मुसलमानविरुद्ध हिंसा फैलाएको आरोप लाग्दै आएको थियो ।
भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशको मुख्यमन्त्री बनेसंगै आदित्यनाथले गाईको संरक्षणको लागि कठोर नियम ल्याएका थिए भने योगाको विरुद्धमा रहेका समुहलाई उनले या त देश छाड्न या त समुद्रमा डुबेर ज्यान दिन भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC