धरान । सुनसरी बास्केटवल संघको आयोजनामा आगामी साउन ६ गतेदेखि ‘समर बास्केटवल ट्रेनिङ क्याम्प’ संचालन हुने भएको छ । विद्यालयको गर्मी विदालाई सदुपयोग गर्दै आयोजना गरिने ‘समर क्याम्प’ तीन हप्तासम्म संचालन हुने आयोजकले जनाएको छ ।
क्याम्पमा धरानभरि बाट ५० जना भन्दा बढी छात्रछात्राले क्याम्पमा सहभागिता जनाउने छन् । क्याम्पमा कक्षा ५ देखि माथिका विद्यार्थीले सहभागिता जनाउनेछन् । समर क्याम्पमा मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र पूर्वाञ्चलस्तरीय खेलाडीहरू हेमन्त राई, विवेक श्रेष्ठ, रवि बास्फोर, दिपेश लिम्बू, शिव राई,जीवन लिम्बू, युगल लिम्बू र देवराज पाख्रिन लगायतले प्रशिक्षण दिनेछन् ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गर्न लागिएको समर क्याम्पको उद्देश्य विद्यार्थीमा फिटनेस ल्याउने साथै विद्यालयस्टरबाटै बास्केटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको क्याम्प संयोजक तथा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।