site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घर क्षति भएपछि चारजना विस्थापित भएका छन् । 

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति पुग्नाका साथै २९ खसी–बाख्रा र १३० वटा कुखुरा बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाढीले चिनी तामाङको घर क्षतिग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्वु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकाले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । बाढीले पासाङको पाँच कुखुरा र मनिषाको चार बाख्रा तथा २५ वटा कुखुरासमेत बगाएको छ । 

शनिबार राति परेको अविरल वर्षाले स्थानीय छ्यादी खोलामा आएको बाढीले आयोजनाको डेढ मिटर गोलाइको ७० मिटर पाइप बगाएकाले विद्युत् उत्पादनसमेत बन्द भएको छ । 

Global Ime bank

अरनिको राजमार्गको १०० किमीमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुन नसक्ने आयोजनाका प्रबन्ध निर्देशक समन मानन्धरले बताए । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC