अर्थ व्यवसाय

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्टलाई किन्यो,  एकीकृत कारोबार सुरु 


काठमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई  खरिद गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गरे । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबलले ग्रामिणस्तरसम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको थियो । रिलायवलको निक्षेप ८ अर्ब, कर्जा लगानी .७ अर्ब रुपैयाँ थियो । ग्लोवलले हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई सफलतपूर्वक मर्जर र प्राप्ती गरी चुक्ता पुँजी ८ अर्ब ८ करोड पुगेको छ । 

.निक्षेप ९७ अर्ब ७० करोड, कर्जा लगानी  ८२ अर्ब रुपैयाँ पुगेको छ । 

ग्लोबलले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ । 
 

तपाईंको मत