site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कसको लापरवाहीले गयो विनीताको ज्यान ?
Sarbottam CementSarbottam Cement

दुर्गम बस्तीहरूमा भल वा खहरे खोलाले बगाएर मानिसको मृत्यु हुने गरेका घटना त सुनिँदै आएका थिए तर राजधानीको मुख्य सडकमै हिँड्दा पनि मान्छे भलमा परेर बग्ला भन्ने बिरलै अनुमान गरिन्छ । काठमाडौंको नेपालटारमा धराप थापेजस्तो सडकमा हिँडेकै कारण ११ वर्षकी अबोध बालिका विनीताको ज्यान गएपछि यस्तो लापरवाहीको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न खडा भएको छ । राजधानीको व्यस्त सडकमा शुक्रबार भएका दुईवटा लज्जास्पद तर अत्यन्त अप्रत्याशित दुःखद घटनाले जनसाधारणलाई समेत गम्भीर र क्षुब्ध बनाएका छन् । 

काठमाडौंको सामाखुसीमा पनि शुक्रबारकै दिन १३ वर्षीया अर्की किशोरी सत्या सापकोटा सडकमा रहेको खुला नालीमा खसेपछि स्थानीय व्यक्तिहरूले उद्धार गरेकाले भाग्यले बाँचेकी छन् । आखिर बीच सडकमा मानिसको ज्यानै जाने गरी यस्ता धरापहरूलाई त्यसरी छाड्यो कसले ? यही प्रश्नका साथ आजका केही पत्रिकाले यो समाचारलाई महत्त्व दिएर प्रकाशित गरेका छन् ।

नागरिकमा खिलक बूढाथोकीले लेखेको ‘राजधानीका ज्यानमारा सडक, विनीताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्’ शीर्षक सचित्र समाचारलाई मुख्य बनाइएको छ । समाचारमा मनमैंजुस्थित युरिका हाइस्कुलमा कक्षा ३ मा अध्ययनरत विनीता फुयाँल अचानक सडक नालीमा खसेको र भेलले चमती खोलामा पुर्याएपछि आफन्त र प्रहरीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लैजाँदा उनलाई अस्पतालले मृत घोषणा गरेको हृदयविदारक समाचार छ । सोही समाचारमा शुक्रबार नै सामाखुसीमा बृहस्पति विद्यासदनकी छात्रा सत्या सापकोटा नालीमा खसे पनि भाग्यले बाँचेको उल्लेख छ । सत्या खसेको दृश्यलाई सुशीला थापामगरले भिडियोका रूपमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि उक्त भिडियो भाइरल भएको पनि समाचारमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यही समाचारलाई अन्नपूर्ण पोस्टमा गोपीकृष्ण ढुंगानाले ‘राजधानीमै ढलले निल्यो बालिका’ शीर्षक दिएर लेखेका छन् । समाचारको प्रारम्भमा भनिएको छ, ‘‘एकछिन खेलेर आउँछु भन्दै गएकी छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बाबुआमाले सोच्लान् ? नेपालटारका झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ ११ वर्षीया छोरीलाई सदाका लागि गुमाउनु परेको छ । फुयाँल दम्पतीले छोरी विनीतालाई अव्यवस्थित ढलका कारण गुमाउनु परेको हो ।’’

मन्त्रिपरिषद् विस्तार मंगलबार ?

Global Ime bank

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदैछ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । प्रधानमन्त्रीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने चर्चा चल्दैआएको भए पनि अझै कार्यान्वयन हुनसकेको छैन । यसै विषयलाई लिएर आजका केही पत्रिकाले समाचार लेखेका छन् । 

नयाँ पत्रिकामा रमेश र वीरेन्द्रले ‘डेढ महिनासम्म २३ मन्त्रालय मन्त्रीविहीन, पटकपटक सर्दै आएको मन्त्रिपरिषद् विस्तार अब मंगलबार गर्ने तयारी’ शीर्षक राखेर समाचार लेखेका छन् । समाचारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ देशबाहिर रहेको र मन्त्रालय बाँडफाँट तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको उल्लेख छ ।

कांग्रेस र माओवादीबीच मन्त्रालय बाँडफाँटमा खासै समस्या नभए पनि रामचन्द्र पौडेल पक्षलगायत कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहलाई समेत कुन कुन मन्त्रालय दिने भन्नेमा कांग्रेसभित्र समस्या देखिएको समाचारमा उल्लेख छ । सोही समाचार हिमालय टाइम्समा ‘मन्त्रिपरिषद् विस्तारको तयारी’ शीर्षक दिएर हीरालाल विश्वकर्माले लेखेका छन् ।

तस्बिर समीक्षा

नागरिकमा राजधानीका ज्यानमारा सडक समाचारअन्तर्गत सामाखुसीमा शुक्रबार नालामा खस्दै गरेकी सत्याको भिडियो तस्बिरसँग सम्बन्धित विविध दृश्यलाई मुख्य बनाइएको छ ।

गोरखापत्रमा नारायणघाट–मुग्लिन सडक खण्ड राति बन्द हुन थालेपछि बीपी राजमार्गमा सवारी चाप बढेको दृश्य झल्किने गरी काठमाडौंको कोटेश्वरमा भएको सडक जामलाई मुख्य बनाइएको छ ।

राजधानीमा पर्यटकीय क्षेत्र पोखराको डेभिड फल्सको दृश्य मुख्य छ र भनिएको छ, ‘‘वर्षायामका कारण उर्लिएको छहरा हेर्न पर्यटकहरू पनि उसैगरी उर्लिन थालेका छन् ।’’

कान्तिपुरमा सिरहामा अहिलेसम्म पानी नपरेका कारण ट्युबबेलबाट पानी निकालेर रोपाइँ गर्न लागिएको दृश्य मुख्य छ ।   

सम्पादकीय
 

हिमालय टाइम्समा ‘मतदाता दर्तामा हतार’ शीर्षक सम्पादकीय लेखिएको छ । सम्पादकीयमा निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आजदेखि देशभर नयाँ मतदाताको नाम दर्ता गर्न लागेको उल्लेख गर्दै यसका लागि १५ दिनको समय तोकिएको र सम्बन्धित व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान राखिएको उल्लेख छ । राजनीतिक दलहरूले यस्तो व्यवस्थामा परिमार्जन गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको विवरण पनि समाचारमा रहेको छ ।

नयाँ पत्रिकामा लेखिएको ‘गरिबीका अनेक रंग’ शीर्षक सम्पादकीयमा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिब घर परिवार सहयोग समन्वय बोर्डले देशका सबै भौगोलिक प्रदेशको प्रतिनिधित्व हुने गरी २५ जिल्लाका गरिब घर परिवार छनोट गरी ल्याएको प्रतिवेदनले नेपालमा गरिबीको वितरणबारे अनेक अवस्थालाई सार्वजनिक गरेको उल्लेख छ । 
 
नागरिकको सम्पादकीयको शीर्षक छ, ‘भूकम्प पीडितमाथि राजनीति नगर’ । सम्पादकीयमा भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणका लागि सरकारले पहिलो प्राथमिकता भनेर जेजस्ता प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा भने त्यसको ठीक विपरीत अवस्था रहेको उल्लेख छ ।

गोरखापत्रमा ‘उन्नतिका लागि सहकारी आन्दोलन’ शीर्षक सम्पादकीय छ । नेपालले विशाल अर्थतन्त्रको परिकल्पनाभन्दा मिश्रित अर्थतन्त्रका विशेषताअनुसार सहकारीमार्फत समाजवादी अर्थ व्यवस्थामा आफूलाई आबद्ध गर्ने निश्चित बाटो लिइसकेको टिप्पणी गर्दै सम्पादकीयमा विद्यमान कानुन तथा अभ्यासमा देखिएका कमी, कमजोरी सुधार्दै जनताबीच पुग्न सक्ने वातावरण बनाउन सकिएमा गरिबी निवारणमा सहकारीले ठूलो योगदान दिने निश्चित रहेको उल्लेख छ ।

राजधानीको  ‘स्वच्छ पानी देऊ’ शीर्षक सम्पादकीयमा राजधानीवासीले पिउने पानीमा कोलिफर्म (दिसामा हुने जीवाणु) को जीवाणु भेटिएको तथ्य सार्वजनिक भएको उल्लेख गर्दै जुनसुकै कारणले भए पनि पिउने पानीमै यस्ता जीवाणु भेटिनुलाई सामान्य मान्न नसकिने धारणा प्रकट गरिएको छ ।

कान्तिपुरमा ‘कर फस्र्योटमा उन्मुक्ति नदेऊ’ शीर्षक सम्पादकीय लेखिएको छ भने अन्नपूर्ण पोस्टमा निर्वाचन आयोगले विलासी गाडी किन्न खोजेको प्रसङ्ग उठाउँदै ‘विलासिताको रहर’ शीर्षक सम्पादकीय लेखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC