site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
शाहरुख खानकै कारण चलचित्रकर्मी बने कवीर खान
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवीर खानको चलचित्र ‘ट्युबलाइट’ ले बक्स अफिसमा खासै चमत्कार गर्न सकेन । तर यो चलचित्रले लामो समयपछि बलिउडका दुई सुपरस्टारलाई सिल्भर स्क्रिनमा एकै साथ अवश्यै उभ्याएको छ ।

हालै एउटा भिडियोमा कवीर खानले यस विषयमा खुसी प्रकट गर्दै लामो समयपछि सलमान खान र शाहरुख खानले एउटै पर्दा शेयर गरेको उल्लेख गरेका छन् । नवभारत टाइम्सका अनुसार कवीर खानले जामिया मिलिया इस्लामिया युनिभर्सिटीमा अध्ययन गर्दाताका शाहरुख खान उनको सिनियर रहेको र दुईले नोट साटासाट गर्ने गरेको उल्लेख गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कवीरले भनेका छन्, “चलचित्रमा दर्शकको ध्यान जाओस् भन्नका लागि कयौ व्यक्तिलाई चलचित्रमा समावेश गरिन्छ । यसैले मैले सलमान र शाहरुखलाई तयार गरेँ । जब मैले सलमानलाई यो कुरो भनेँ, तब उनले शाहरुखले भन्दा राम्रो यो भूमिका अरुले निर्वाह गर्न नसक्ने बताए । यसपछि हामीले शाहरुखसँग सम्पर्क गर्यौँ र उनले यो भूमिकाका लागि तयार रहेको बताए ।”

कवीरले शाहरुखलाई कलेजका समयदेखि चिन्ने गरेका थोरै मान्छेलाई मात्र थाहा छ । शाहरुख जामियाको फिल्म स्कुलमा कवीरका सिनियर थिए । र, कवीरले शाहरुखको नोट पढ्थे । कवीर भन्छन्, “किन म शाहरुखको नोट पढ्थेँ ? मलाई लाग्छ, सायद सोही कारणले म चलचित्रकर्मी बन्न सकेँ ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  ०४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC