घटना क्रम

सलमानकै बाटोमा हिँड्दैछन् रणवीर कपुर

काठमाडौं । रणवीर कपुर सलमान खानलाई निकै फलो गर्छन् । रणवीर र सलमानको नाम जब एकैपटक आउँछ, एक किसिमको माहोल बन्छ । यी दुईको इतिहास हेर्दा पनि पनि निकै रमाइलो हुन्छ । जब रणवीर कपुरले क्याटरिनासँग ‘अजब प्रेम की गजब कहानी’ सुट गरिरहेका थिए, त्यसै क्रममा सलमान खानकी गर्लफ्रेन्ड थिइन् क्याटरिना केफ ।

यो चलचित्रमा सलमान खानको केमियो पनि थियो तर सबै समीकरण बदलियो । अहिले सलमान खानको ‘ट्युबलाइट’ फ्लप भइसकेको छ । सलमान यो चलचित्रको पैसा वितरकलाई फिर्ता गर्ने मनसायमा छन् । 

सलमान खानसँग सिक्दै अब रणवीर कपुर पनि केही यस्तै गर्दैछन् । रणवीर कपुरको करियार निकै समयदेखि तल झरिरहेको छ । अबका दुई दिनपछि उनको चलचित्र ‘जग्गा जासुस’ रिलिज हुँदैछ । रणवीरले चलचित्रको ‘ब्याकअप’ बनाइसकेका छन् । 

फिल्मीबिटका अनुसार  यदि रणवीर कपुरको चलचित्र नचलेको खण्डमा रणवीरले वितरकलाई पैसा फर्काउने छन् । यही शर्तमा सायद चलचित्रले वितरक पाएको हुनुपर्छ ।  रणवीर कपुर ‘जग्गा जासुस’ का निर्माता पनि हुन् । 

चलचित्रको रमाइलो कुरा, चलचित्रमा रणवीर र  क्याटरिनाको जोडी छ । चलचित्रको सुटिङ सुरु हुँदा दुई सँगै थिए तर अहिले छुट्टिसकेका छन् । 
 

तपाईंको मत