घटना क्रम
काठमाडौं । दुई वर्षसम्म चलचित्रबाट बाहिर रहेकी बलिउड अभिनेत्री बिपाशा वासु चाँडै नै पर्दामा पुनरागमन गर्दैछिन् । खबरका अनुसार विपाशाले क्रियाज इंटरटेनमेंटको आगामी प्रोजेक्ट साइन गरेकी छन् ।
चलचित्रका बारेमा अहिले नै विस्तृत जानकारी आइसकेको छैन । अमरउजालाका अनुसार बिपाशाले विवाह पछि पहिलो चलचित्र साइन गरेकी हुन् । तर दर्शकको अपेक्षा भने विपाशाले कुनै हरर् चलचित्रमा साइन नगरेकी हुन् ।
गत २० अप्रिलमा विपाशा र करणसिंह ग्रोवरले आफ्नो विवाहको पहिलो उत्सव मनाएका थिए । चलचित्र क्षेत्रबाट केही टाढा भएपनि बिपाशा सोसल मिडियाबाट भने बाहिर छैनन् ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७४ ००:४५
प्रतिक्रिया दिनुहोस्