site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुकुम्बासी बस्तीमा एकाबिहानै डोजर, बालबालिका र बृद्धाबृद्धा बिचल्लीमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले राजधानी त्रिपुरेश्वरस्थित गुसिंगाल नयाँ पुलमा रहेको ‘सुकुम्बासी बस्ती’मा एकाबिहानै डोजर लगाएको छ । \"\"

समितिले काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा वाग्मती नदी किनारमा बोटबिरुवा लगाई हरियाली पार्ने उद्देश्यका साथ शनिबार बिहान डोजर लगाएको हो । 
समितिले उक्त बस्तीका बासिन्दाहरुलाई ०७४ असार ११ गते १५ दिनभित्रमा जग्गा खाली गरिसक्न लिखित सुचना जारी गरेको थियो । 

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले ११ गते नै यहाँ आएर १५ दिनभित्र जग्गा खाली गरिसक्न समितिको पत्र बुझाएका थियौं,” काठमाडौं महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बाह्रखरीसँग भने, “तोकिएको म्याद नाघिसके पनि सुचना अटेर गरी जग्गा खाली नगरिएकाले डोजर लगाउन बाध्य भएका हौं ।”  उक्त बस्तीमा जम्मा ५ सय बढी घर, टहरा भए पनि समितिले हाल नयाँपुल उत्तरका चारवटा घर हटाएको महानगर प्रहरी उपरीक्षक पुर्णचन्द्र भट्टले बताए । “समितिले यस स्थानमा तत्कालै सौन्दर्यीकरणको काम गर्ने भएकाले यहाँका ५ वटा घर हटाएका हौं,” भट्टले भने, “समितिले अर्को सूचना जारी गरेपछि अन्य घर, टहराहरु पनि हटाइने छन् ।”  

\"\"बालबालिका र वृद्धवृद्धाको बिचल्ली 

Global Ime bank

एकाबिहानै डोजर लगाइएका कारण उक्त बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विचल्ली भएको छ । “थाहै नदिई एकाबिहानै डोजर चलाइयो,” स्थानीय रामेश्वर जयसवाल (६०)  ले भने, “१५ दिनभित्र हटाइसक्न सुचना त दिइएको थियो तर एकाबिहानै यसरी डोजर चलाउँदा हाम्रो बिचल्ली भएको छ १” यस्तै विद्यालय जाने उमेरका वालवालिका डोजर लगाएपछि आतंकित बनेका थिए । अध्ययनरत स्थानीय विद्यालयबाट टाढिनु परेपछि उनीहरु थप समस्यामा परेका हुन् ।

\"\"नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उक्त जग्गामा रहेका ५ सय बढी घर, टहरामा कुल ३ हजार जनसंख्या रहेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

 

\"\"\"\"\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC