site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री आयोगको गाडीमा, आयोग नयाँ गाडी खरिद प्रक्रियामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले प्रमुख आयुक्तसहित आयुक्तहरुका लागि ५ वटा विलासी गाडी गरिद प्रक्रिया अगाडि बढाएको छ ।
तीन चरणको निर्वाचन सकिएपछि आयोगका लागि सरकारले बजेट नछुट्याउने र अहिले स्थानीय निर्वाचनका लागि सरकारले छुट्याएको बजेट बाँकी भएको मौकामा गाडी खरिद गर्न लागिएको निर्वाचन आयोग उच्च स्रोतले जानकारी दिएको छ ।
आयोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मा मात्रै भएको बेला प्रधानमन्त्रीका लागि भन्दै आयोगको गाडी सरकारले लगेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला नयाँ मोडलको ल्याण्ड क्रुजर गाडी प्रधानमन्त्री कार्यालयले लगेको थियो । अहिले पनि सोही गाडी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयोग गरिरहेको निर्वाचन आयोग स्रोतले जानकारी दियो । त्यसैले पनि अायोगका पदाधिकारीलार्इ गाडी अावश्यक रहेको ति अधिकारीको दावी छ । 

आयोगमा आयुक्त खाली भएको बेला र निर्वाचन नभएको बेला अन्य सरकारी निकायले गाडी माग्ने गरेको र फिर्ता गर्ने चलन नरहेको एक पूर्व निर्वाचन आयुक्तले बाह्रखरीसँगको कुराकानीमा जानकारी दिए ।

अहिले प्रमुख निर्वाचन आयुक्तसहित ४ अयुक्तहरुले २ / २ वटा गाडी प्रयोग गरिरहेका छन् ।   प्रमुख आयुक्त यादवले सरकारी नम्बर प्लेट (बा२झ ४४७ ) को ल्याण्ड क्रुजर र निजी नम्बर प्लेट (बा ६ च १४४५) नम्बरको अर्को गाडी चढ्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै अन्य आयुक्तहरु पनि त्यस्तै गाडी चढ्दै आएका छन् ।  ती गाडी पहिलो संविधानसभा निर्वाचनभन्दा अगाडि आयोगले आफैँ निर्वाचन आयोगबाट किनेको थियो ।

स्रोतका अनुसार २०६४ मा खरिद गरिएका गाडी अहिले पनि रातो नम्बर प्लेटमा आयुक्तहरुले प्रयोग गरिरहेका छन् ।  ती गाडीमध्ये एउटा गाडी आयुक्तहरु कम भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो भने अन्य चार गाडी आयोगमै छन् ।

Global Ime bank

जसमध्ये ३ वटा प्रयोगमै छन् भने एउटा गाडी थन्किएको छ । प्रयोगमा रहेका गाडीको पनि मर्मत खर्च धेरै भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले भने आयुक्तहरुले कति गाडी प्रयोग गरिरहेका छन् भन्ने आधिकारिक रुपमा खुलाउन मानेन ।  निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले यसबारे आफूलाई जानकारी नभएको बताए भने प्रशासन शाखाले पनि आफूहरु सूचना दिने आधिकारीक व्यक्त नभएको भन्दै तर्कन खोजे ।

आयोगकै विश्वस्त स्रोतका अनुसार ०६४ मा किनेका गाडी फेर्नका लागि प्रमुख आयुक्तसहित ४ आयुक्तका लागि नयाँ गाडी खरिद प्रक्रिया अगाडी बढाइएको हो ।

आयोगमा आयुक्तहरुका लागि गाडी अपुग भएका भने होइनन् । तर, आयोगलाई सरकारले निर्वाचनको समयमा मात्रै बजेट छुट्याउने भएकाले पनि अहिलेनै गाडी किन्न आयुक्तहरु तातेको स्रोतले बतायो ।

यसअघि स्थानीय निर्वाचन प्रयोजनका लागि भन्दै भारत सरकारले सहयोग स्वरुप दिएका गाडी पनि आयोगमा रहेको स्रोतले बतायो ।

तर, ती गाडी ठूला शहर भएका निर्वाचन कार्यालयमा पठाइएको आयोग स्रोतले जानकारी दियो ।  “ती गाडी प्रमुख आयुक्तहरु जिल्ला जाँदा पनि प्रयोग गर्न मिलोस् भनेर पठाइएको हो,” स्रोतले भन्यो ।   

सरकारले स्थानीय तहको निर्वाचनका लागि १० अर्ब २८ करोड छुट्याएको थियो । जसमध्ये २ अर्ब सरकारलाई फिर्ता गरिसकिएको प्रवक्ता शर्माले जानकारी दिए ।

यसअघि आयोगका सचिव गोपीनाथ मैनाली र आयुक्तहरुबीच गाडी खरिद र समग्र खरिद प्रक्रियाबारे विवाद हुँदा उनको सरुवा नै भएको थियो । निर्वाचन ऐनअनुसार निर्वाचनका लागि अत्यावश्यक सामान छोटो प्रक्रियाबाट सिधै खरिद गर्न पाउने व्यवस्था छ । आयुक्तहरुले सोही व्यवस्थाअनुसार गाडी खरिद गर्नुपर्ने बताउँदै आएका थिए भने मैनालीले सार्वजनिक खरिद ऐनअनुसार मात्रै सामान खरिद गर्न र मितयव्ययी बन्न सुझाएका थिए ।

निमित्त सचिव महेश्वर न्यौपानेले पनि खरिद ऐनअनुसार जानुपर्ने भनेपछि आयोगले शुक्रबार ५ वटा स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी) मोडेलका गाडी  खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । एसयुभी गाडीको बजार मुल्य न्युनतम ४० लाख देखि १ करोड रुपैयाँ पर्छ । 

छोटो प्रक्रियामा सविच न्यौपानेले पनि असहमति जनाएपछि आयुक्तहरु बोलपत्र आह्वान गर्न सहमत भए पनि गाडी भने किन्ने प्रक्रिया अगाडि बढाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC