site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लण्डन । लण्डन टावर ब्लकमा भएको आगलागीबाट पीडित सयौं जनाले बुधबार राति लण्डनमा आक्रोश सहित प्रदर्शन गरेका छन् । अगालागीका बारेमा अहिले भईरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै उनीहरुले प्रदर्शन गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागी भएको चार हप्ता पछाडी उनीहरुले शोक र आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले पश्चिमी लण्डनको ग्रेनफेल टावरबाट शोक झल्काउनेगरी मैनबत्ति, मृतकको तस्वीर, फुल र उनीहरुको संझनामा हस्तलिखित प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए । 
“मलाई थाहा छ, हामीले जस्लाई गुमाएका छौं, जस्ले कसैलाई गुमाएका छन्, र उनीहरुको पछाडी जो शोकमा छन् यो सहन वास्तबमै धेरै गाह्रो छ,” स्थानीय सांसद इम्मा डेन्ट कोडले भने ।
आगलागीमा परी कम्तीमा ८० जनाको मृत्यु भएको थियो । घटनामा कैयौं घाइते भएका थिए र उनीहरूको उपचारका क्रममो मृत्यु हुनेहरुको सङ्ख्या अहिले पनि बढिरहेको छ । कैयौं हराइरहेका छन्, उनीहरु भेटिने सम्भावना कम रहेको बताइएको छ ।  
“चार हप्ता अगाडी ग्रेनफेल टावरभित्र अकल्पनीय दुखान्त घटना भयो, दुर्घटनामा परी केही व्यक्तिहरुलाई हामीले गुमायौं, अहिले पनि हामी आफूलाई सम्हाल्ने प्रयास गरिरहेका छौं,” स्थानीय प्रहरी प्रमुख स्टुअर्ट कन्डीले भने । रासस /एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC