site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चरिकोट । दोलखाका पाँच स्थानमा निर्माणाधीन स्वास्थ्य चौकीे भवन अलपत्र भएको छ । 

ठेकेदारले समयसीमामा भवन निर्माण नगर्दा र बनेका भवन पनि समयमै हस्तान्तरण नगर्दा अलपत्र परेको हो । दोलखामा रहेका विभिन्न स्वास्थ्य चौकीका भवन निर्माण व्यवसायीले निर्माण गरी बुझाउनुपर्ने समय सकिए पनि विभिन्न बहाना देखाउँदै अलपत्र अवस्थामा राखेका हुन् । भवन निर्माणको समय सकिए पनि व्यवसायीले भवन निर्माण अलपत्र बनाउँदा ग्रामीण भेगका जनता त्यसको मारमा परेका छन् । 

प्राविधिकले अनुमान गरेको भन्दा न्यून मूल्यका ठेक्का हाल्ने र पछि बहाना बनाएर ठेक्का छोड्ने प्रवृत्ति बनेकाले पनि ठेकेदारले भवन बनाउन नसकेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक स्वास्थ्य चौकीे भवन पाँच वर्ष बित्दासमेत ठेकेदार कम्पनीले अझै पूरा गरेको छैन । विसं २०६९ मंसिरमा सम्पन्न गर्ने गरी कोशी एण्ड न्यौपाने बिएन जेबिले एक करोड दुई लाखमा सो भवनको ठेक्का लिएको थियो । 

हालसम्म भूकम्पको कारण देखाएर सो कम्पनीले भवन हस्तान्तरण छैन । त्यसैगरी गौरीशंकर गाउँपालिकामा रहेको जुँगु स्वास्थ्य चौकी पनि समय सकिएको दुई वर्ष भइसकेको छ । 

Global Ime bank

विसं २०७२ माघमा कबोल बमोजिम भवन हस्तान्तरण गर्नुपर्ने भए पनि हालसम्म सो कम्पनीले भवन हस्तान्तरण गरेको छैन । एक करोड ९५ लाखको लागतमा सम्पन्न गर्ने गरी सुवर्ण सुन्दर माई जेबीले सो भवन निर्माणको ठेक्का लिएको थियो । 

त्यसैगरी मेलुङ गाउँपालिकामा रहेको मेलुङ स्वास्थ्य चौकी निर्माण गरेर बझाउनुपर्ने समय तीन वर्ष बित्दासमेत भवनको हस्तान्तरण गरिएको छैन । 

त्यसैगरी बिगु गाउँपालिकामा रहेको लादुक स्वास्थ्य चौकीे भवन समय सकिएको चार वर्ष बित्दासमेत निर्माण भइसकेको छैन । विसं २०७० फागुनमा पूरा गर्ने गरी एक करोड पाँच लाखको लागतमा सो भवन निर्माणको ठेक्का दाप्चाबारा जेबीले लिएको थियो । कालिञ्चोक गाउँपालिका रहेको सुन्द्रावती स्वास्थ्य चौकीको भवन पनि अलपत्र छ । विसं २०७२ चैतमा सक्ने गरी कन्काई इन्टरनेसनलले एक करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि हालसम्म सो स्वास्थ्य चौकीको भवन हस्तान्तरण हुन सकेको छैन । 

शहरी डिभिजन कार्यालय दोलखा शाखाका प्रमुख एकराज अधिकारीले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दासमेत अटेर गरेको बताए । अटेर गरेर बस्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरु गरिएको पनि अधिकारीले जानकारी दिए । “हामीले पटक–पटक निर्माण व्यवसायीलाई काम पूरा गर्न ताकेता गरेका छौँ, तर निर्माण व्यवसायीले अटेर गरेर बसेका छन्, छिट्टै कालोसूचीको प्रक्रिया थाल्छौँ” – उनले भने । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC