site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस नै छैन भन्नेलाई अचानक मधेसीको माया किन लाग्यो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “मधेस नै छैन भन्ने एमालेलाई अचानक मधेसीको माया किन लाग्यो ?,” प्राध्यापक रामसागर पण्डितले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न गरे ।
पण्डितलाई साथ दिँदै मधेसका अर्का अगुवा शोकेश्वर पाठकले थपे, “एमालेलाई मधेस र मधेसीको माया किन लाग्यो ?”

त्यस्तै अर्को प्रश्न उठ्यो, “मधेसीको अधिकारसँग जोडिएको संविधान संशोधनमा एमालेले किन बखेडा झिक्दैछ ? संविधान संशोधनमा किन गोलमटोल कुरा गर्छ एमाले ?”

त्यस्तै पत्रकार मोहनकुमार सिंहले आक्रमक प्रश्न गरे, “नेपाल माइनस मधेस एमालेको राष्ट्रियता हो ?”

Prabhu Bank
Agni Group
NIC Asia

भूमिजा मानव अधिकार संगठनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र मधेसी अगुवाबीच झण्डै तीन घन्टा सवाल–जवाफ चल्यो । अध्यक्ष ओलीले एमाले कहिल्यै मधेस विरोधी नभएको र भावावेशमा नबग्न सहभागीहरूलाई अपिल गरे ।

त्यसो त एमाले अध्यक्ष ओलीले मधेस आन्दोलनमा मारिएका सहिदलाई ‘झरेको आँप’ र आन्दोलनकारीलाई ‘माखा’को उपमा दिएको र युपी, बिहार जाऊ भनेको भन्दै आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले आफ्ना जनतालाई एमालेले कहिल्यै त्यसो भन्न नसक्ने भन्दै आफू पनि तराईकै भएको र तराईको विकासका लागि कुनै कसर बाँकी नराख्ने तर्क प्रस्तुत गर्दै बचाउ गरेका थिए ।

Global Ime bank

उनले आफ्नै नेतृत्वको सरकारले जनता आवास कार्यक्रममार्फत २० हजार घर बनाउने प्रक्रिया अघि बढाएको, हुलाकी राजमार्ग अघि बढाएको, मधेसमा सबैभन्दा बढी बजेट विनियोजन गरेको बताएका थिए ।


रौतहटमा मातृशिशु मृत्युदर उच्च

अन्तक्र्रियाको सुरुमा बोल्दै अध्यक्ष ओलीले रौतहटमा महिला साक्षरता प्रतिशत ३२ प्रतिशत मात्रै भएको र मातृशिशु मृत्युदर प्रतिहजारमा ८१ भएको तथ्यांक प्रस्तुत गरेका थिए । धनुषामा ७८ / ७९ भएको भन्दै दुर्गम जिल्लामा भन्दा सुगम जिल्लामै विकराल अवस्था हुनु दुःखद् अवस्था भएको औंल्याएका थिए ।

डोम, मुसहरलगायत सिमान्त समुदायको शिक्षाको अवस्था पनि २० / २१ प्रतिशत भन्दामाथि उठ्न नसकेको भन्दै चिन्ता प्रकट गरे । “तराई–मधेसमा भएको पटक–पटकका आन्दोलनले यी विद्रूप पाटोलाई छुनै सकेन,” उनको आसय थियो ।

मिथिला संस्कृतिको भूमि शिक्षामा पछि पर्नु अशोभनीय भएको र त्यसैको प्रतिछायाँ विकासमा परेको भन्दै एमालेले त्यसको अगुवाई गर्ने सहभागीलाई आश्वस्त तुल्याए ।
“एमालेबिरुद्धको प्रचारको पछि कुद्न जरुरी छैन, तराईको विकासबिना मुलुक समृद्धिको पथमा अघि बढ्न सक्दैन,” उनले प्रष्ट्याए ।

संविधानमा मौलिक हक अन्तर्गत ३१ वटा प्रावधान राखिएको भन्दै सक्षम नबनाएसम्म नागरिकले अधिकारको उपयोग गर्न नसक्ने दाबी गरे ।  “तराई–मधेसका जनतलाई अधिकार दिइएको छ, त्यो अधिकार उपयोग गर्न सक्षम पनि बनाउनुपर्छ,” उनले भने ।

तराईंमा नेपाली भाषा लादिएको र त्यहाँ मातृभाषा कमजोर बनाइएको भन्दै सहभागीले प्रश्न उठाएका थिए । जवाफमा संविधानमा कामकाजी भाषा र शिक्षामा मातृभाषा राख्न प्रदेशसभाले गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको अध्यक्ष ओलीले बताए ।

त्यस्तै उनले अन्तप्रदेशीय भाषाका रुपमा नेपाली भाषा बनाइएको भन्दै मातृभाषाको संरक्षण र विकासका संविधान बाधक नभएको टिप्पणी गरे । त्यस्तै उनले संविधान संशोधनमार्फत हिन्दी भाषालाई कामकाजी भाषाका रुपमा अनुसूचीमा राख्न लागिएको भन्दै सोको विरोध गरिएको बताए । “नेपालमा बोलिने मातृभाषाको उत्थान र विकासका लागि एमाले छलफल बहस गर्न जहिल्यै तयार छ । हिन्दी भाषालाई कामकाजी बनाउन दिइँदैन,” उनले जोड दिए ।

प्रश्नकर्ताले प्रदेश नम्बर दुईमा जनसंख्याको अनुपातमा स्थानीय तह नरहेको जिज्ञासा राखेका थिए । जवाफमा ओलीले  प्रदेश नम्बर २ मा ५४ लाख जनसंख्या रहेको र १ सय २७ स्थानीय तह रहेको भन्दै त्यो भन्दा बढी ५५ लाख जनसंख्या भएको ३ नम्बर प्रदेशमा २ को भन्दा ८ तह घटी रहेको उदाहरण दिए ।

“अहिले स्थानीय तह निर्धारण गर्दा जनसंख्यालाई आधार बनाइएको छ, डोल्पा झापा जिल्ला भन्दा ठूलो छ तर झापामा नै तहको संख्या बढी छ । त्यस्तै दुई नम्बर प्रदशको धनुषामा पनि देख्न सक्नुहुन्छ,” उनले आश्वस्त तुल्याए ।

एमाले संविधान संशोधनमा किन बाधक भन्ने प्रश्नमा ओलीले संशोधन प्रस्ताव विष भरिएको सिरिन्ज भएको भन्दै एमाले सुई लाउन मानेन भनेर रोइलो गर्नुको तुक नभएको जिकिर गरे । एमाले देशहितको पक्षमा रहेको भन्दै देशको अहित हुने कुरामा सहमती जनाउन नसक्नेमा जोड दिए ।
त्यस्तै उनले प्रदेश र संघको निर्वाचन पछिमात्रै संविधान संशोधनबारे छलफल गर्न सकिने बताउँदै देशभित्रका जनताको मागबमोजिम संविधान संशोधन गर्न कुनै आपत्ती नहुने औँल्याए ।

उनले देशभक्तिको कुरा उठ्दा कसैले नाक खुम्च्याउन नहुने भन्दै राष्ट्रियता एमालेको मात्रै कुरा नभएको जिकिर गरे । “देशभक्ति भन्ने बित्तिकै यहाँ मानिस किन मन साँघुरो बनाउँछन् ?,” उनको प्रश्न थियो ।

 

एमालेविरुद्ध पैसा बाँडियो

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याउन, कमजोर बनाउन विदेशी कूटनीतिक नियोग, शक्ति केन्द्रले पैसा बाँडेको र निरन्तर छलफल आयोजना गरेको दाबी गरे । अरुको कान फुकाइमा नलाग्न उनले राजनीतिक दललाई अनुरोधसमेत गरे ।
“हिजो बेलुकामात्रै पनि छलफल भएको सूचना हामीसँग छ,” उनको ठोकुवा थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC