site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्यु डायमन्ड एकेडेमी पुरस्कृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले भलिबल खेलको विकासमा उल्लेखनिय योगदान पुर्‍याएवापत न्यु डायमन्ड एकेडेमीलाई बुधबार पुरस्कृत गरेको छ ।

गत चैत अन्तिम साता समितिको आयोजनामा सम्पन्न नवौं काठमाडौं जिल्ला राष्ट्रपति रनिङ खेलकुदमा सहभागी काठमाडौंका सामुदायिक विद्यालयलाई प्रोत्साहन रकम वितरण कार्यक्रममा न्यु डायमन्डलाई सम्मान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिका कोषाध्यक्ष केशरबहादुर श्रेष्ठले न्यु डायमन्डका प्रशिक्षक कुमार राईलाई १० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा ६३ सामुदायिक विद्यालयलाई १० हजारका दरले ६ लाख ३० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।

Global Ime bank

सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा पहिलो भएको सैनिक आवसिय महाविद्यालयलाई ५० हजार र दोश्रो भएको सेक्रेड हर्टलाई २५ हजार नगदबाट पुरस्कृत गरिएको थियो । सानो गौचरणस्थित समितिकै कार्यालयमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायतका पदाधिकारीले उनीहरुलाई पुरस्कार वितरण गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC