site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अमेरिका । गत शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिका बस्ने केही कांग्रेस समर्थकलाई फोन गरे । फोन गर्नुको कारण एनआरएनए अमेरिकाको अध्यक्षका लागि उमेदवार घोषणा गरेर चर्चामा आएका गौरी जोशीलाई वरिष्ठ उपाध्यक्षमा सहमतिमा आउनका लागि मनाउन पहल गर्नुपर्यो भन्ने थियो । यो सहमति हुँदा वर्तमान अध्यक्ष डा. केशव पौडेललाई चुनाव जित्न सजिलो पथ्र्यो । शनिबार उमेदवारी दिने अन्तिम दिन थियो । एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसीले गौरी जोशीलाई अध्यक्ष छाडेर मिलेर जान सक्ने सम्भावना छ, छैन भनेर सोधेका थिए । तर, जोशीले अध्यक्षवाट अब पछि हट्न नसक्ने जवाफ दिए । कांग्रेस वरिष्ठ नेता पौडेलले केही साताअघि गौरीलाई पनि फोन गरेर सहमतिका लागि सुझाव दिएका थिए । 

अन्ततः एनआरएनए अमेरिका अध्यक्षका लागि पाँच जनाले दाबेदारी पेश गर्दै मनोनयन दर्ता गरेका छन् । यससँगै पौडेल र जोशी अध्यक्ष मिलेर जाने सम्भावना समाप्त भएको छ । करिब १४ हजार सदस्य रहेको एनआरएनए अमेरिका विवादमा पर्दै आएको छ । यही विवादले निर्वाचन पनि पूर्वनिर्धारित समय भन्दा झण्डै ३ महिनापछि हुन लागेको हो । समयमा निर्वाचन गराउन नसक्दा वर्तमान कार्यसमिति कामचलाउमा परिणत भएको छ । विवादै विवादका बीच अगष्ट दोस्रो साता निर्वाचन गर्ने तय भएको छ । यो निर्वाचन पनि विवादमुक्त हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । 

करिब ६ महिनाअघि डा. पौडेलले आफू पुनः अध्यक्षका लागि उमेदवारी नदिने बरु केन्द्र अर्थात् आईसीसीमा जाने भनेपछि जोशी अगाडि बढेका थिए । तर, पछि, पौडेलले अहिले अध्यक्ष हुने र तीन महिनापछि आईसीसीमा जाँदा छाडिदिने मनस्थिति बनाए । यसअनुसार पौडेलले जोशीलाई वरिष्ठ उपाध्यक्षमा सहमति गर्न र ३ महिनापछि कार्यवाहक अध्यक्ष दिने प्रस्ताव राखे । दुई–तीन पटक त जोशीले यो प्रस्ताव मानेर जाने संकेत पनि दिएका थिए । पौडेल बस्ने न्युमेक्सिकोमा पनि दुई पक्षबीच कुराकानी भएको थियो । तर, आफ्नो समर्थन बढ्दै गएको देखेपछि जोशीमा पनि अध्यक्ष नै उठ्ने महत्वाकांक्षा बढेर गयो र दुईबीच सहमति हुन सकेन । 
अप्रत्यक्ष रुपमा एनआरएन अमेरिकाको निर्वाचन ढिलो हुनुमा जोशी र पौडेलबीचको यही सहमति–असहमतिको श्रृंखला एउटा कारण रहेको धेरैको बुझाइ छ ।

Agni Group

टेक्ससको डलासमा व्यवसाय गर्ने जोशी र चिकित्सक डा. पौडेलसँग निर्वाचनका सहयोगीको टिम छ । यही भएर दुवै उमेदवार अन्यभन्दा बलिया देखिएका हुन् । अहिलेसम्म निर्वाचनमा मुुख्य प्रतिस्पर्धा पनि यी दुवैबीच हुने देखिन्छ । तर, एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनसकेकाले केही नयाँ समिकरण पनि वन्न सक्छन् । अहिलेसम्म जोशीलाई खगेन्द्र जीसी, जनसम्पर्क समितिको संस्थापन पक्ष, प्रवासी मञ्चलगायतको समर्थन छ । धेरैजसो युवाहरु जोशीको उमेदवारीको पक्षमा छन् ।  पौडेललाई पनि जनसम्पर्क समितिको एउटा गुटलगायतको समर्थन छ ।

अहिले अध्यक्षमा उम्मेदवारी दिने कृष्ण पोखरेल, रविना थापा र रामसिंह पोखरेल डा. पौडेलकै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरु हुन् । यो भने डा. पौडेलका लागि चुनौती हो । यसबाहेक गौरीलाई एनआरएनए केन्द्रबाट उपाध्यक्ष कुमार पन्तको समर्थन छ । एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछानेले जोशीलाई केही साताअघि टेलिफोन गरेका थिए । एनआरएनएका महासचिव बद्री केसीसँग पनि जोशी सम्पर्कमा भएको उनका निकट बताउँछन् । एनआरएनए उपाध्यक्ष भवन भट्ट भने राष्ट्रिय समन्वय परिषदको विवादमा आफू नपर्ने बताउँदै खासै चासो राखेका छैनन् । उनले कुन उमेदवारलाई समर्थन गरेका छन्, खुलेको छैन ।  

Global Ime bank

केही महिनापछि एनआरएनए आईसीसीमा नेतृत्वका लागि पनि निर्वाचन हुने भएकाले एनआरएन अमेरिकाको चुनाव बढी तातेको हो । आईसीसीमा खगेन्द्र जीसी र वर्तमान उत्तर अमेरिका संयोजक सोनाम लामा दुवैको उपाध्यक्षमा उठ्ने चाहना छ । यसले पनि एनआरएनए अमेरिकाको निर्वाचन बढी प्रतिष्ठाको विषय बनेको हो । 
सदस्यता विवाद र चुनाव समयमा हुन नसक्दा पनि आईसीसीका लागि उत्तर अमेरिका संयोजक सोनाम लामा भने निष्कृय नै बसे । एनआरएन अमेरिका भन्दा पनि उनी अहिले एनआरएनए अध्यक्ष शेष घलेसँग नेपालतिरै बढी व्यस्त भए । सोनाम लामाको निष्कृयताले पनि एनआरएन अमेरिका अभिभावकविहिन जस्तो बन्यो । उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको धेरैको बुझाइ छ । 

उमेदवारको मनोनयनसँगै सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप देख्न थालिएको छ । दुई वर्षअघि कांग्रेस संस्थापन पक्षले पौडेललाई समर्थन गरेको थिएन । जनसम्पर्क समितिको समर्थन पाएका त्यसबेलाका उमेदवार नगेन्द्र पौडेलमा दोस्रो पनि होइन, तेस्रो स्थानमा परेका थिए । एमाले समर्थक भएका उम्मेदवार त्यसबेला दोस्रो स्थानमा आएपनि मतान्तर निकै ठूलो थियो । यसलाई हेर्दा राजनीतिक आधारमा निर्णायक मत पर्ने अवस्था देखिँदैन । तर, जनसम्पर्क समिति र प्रवासी मञ्च दुवै अहिले आफ्नो प्रभाव छ भन्ने देखाउन भने लागिपरेका छन् । 

एनआरएनए अमेरिकामा सदस्यता विवाद जटिल समस्याका रुपमा छ । दुई वर्षअघि वर्तमान कार्यसमितिले फर्जी मतदाताका आधारमा निर्वाचन जितेको आरोप पराजित उम्मेदवारहरुले लगाएका थिए । यो विषय अमेरिकाको अदालतमा अझै विचाराधिन छ ।  अहिले निर्वाचन ढिला हुनुमा पनि सदस्यता विवाद नै मुख्य कारण हो ।

अहिले पनि यो विवाद सकिएको छैन । केही दिनअघि अमेरिकाबाट सञ्चालित अनलाइन हिमालयखबर डटकममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सि पोखरेलले कम्प्युटर हार्ड डिक्समार्फत एनआरएन अमेरिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजिएको आरोप लगाएका थिए । अध्यक्ष पदमा समेत उम्मेदवारी दिएका पोखरेलले अहिले पनि पैसाका भरमा गलत प्रकृयाबाट सदस्यता बनाइएको आरोप लगाउँदै आएका छन् ।

एनआरएन अमेरिकाको निर्वाचन अनलाइन भोटिङमार्फत हुने भएकाले चुनाव जित्न नक्कली नाम, ईमेल खडा गरेर सदस्यता बनाईएको आरोपमा एनआरएन अमेरिका पर्दै आएको छ । जोशी विधानअनुसार एनआरएन अध्यक्ष पदमा उठ्न पाउँछन् वा पाउँदैनन् भन्ने विवाद पनि छ । यो विवाद एनआरएन अमेरिकाको अध्यक्ष बन्न एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्छ वा पर्दैन भन्नेसँग जोडिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC