site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तस्करले झुक्याए प्रहरीलाई, सक्कली भनेर समातेको सुन नक्कली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रहरीले काठमाडौंको रामकोटबाट मंगलबार बरामद गरेको भन्सार छलीको ९ किलो सुन नक्कली भएको अनुसन्धानबाट खुलेको छ । 
अवैध ९ किलो सुन तरकारीबारीबाट बरामद गरिएको प्रहरीले जानकारी गराएको थियो । तर, बुधबार त्यही सुन परीक्षण गराउँदा नक्कली भएको थाहा पाएपछि अनुसन्धानले अर्कै मोड लिएको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार काभ्रे बेथान गाउँपालिका–५ का साईमन सोनामलाई रामकोटबाट ९ किलो सुनसहित नियन्त्रणमा लिएको थियो । 
रामकोटस्थित अमर कुँवर र विशाल केसीको तरकारीबारीमा काम गर्ने सोनामले सोही स्थानमा ९ किलो सुन लुकाएर राखेका थिए । 
विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा उक्त नक्कली सुन बरामद गरेको थियो । बजारमा नक्कली सुन देखाएर रकम ठगी गर्नेहरुको बिगबिगी रहेका बेला प्रहरीले पनि सक्कली सुन तस्करी गर्न लागेको भन्दै पक्राउ गरेको सुन नै नक्कली भएको पुष्टि भएको हो ।
बुधबार परीक्षण गर्दा सुन नक्कली भएको पुष्टि भएको हो । 
पक्राउ परेका सोनामलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । “बरामद भएको सुन हामीले परीक्षणको लागि सुनचाँदी व्यवसायी संघमा पठाउने गरेका छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बाह्रखरीसँग गर्दै भने, “मंगलबार बरामद भएको सुन पनि हामीले परीक्षणका लागि पठाएका थियौं, परीक्षण गर्दा नक्कली भएको पुष्टि भयो ।”
एसएसपी जोशीले थपे, “नक्कली सुन देखाएर रकम लुट्ने एक समूहलाई हामीले अनुसन्धान गरिरहेका छौं । बजारमा नक्कली सुन देखाएर ठग्ने यस्ता धेरै समूह छन्् । मंगलबार पक्राउ परेका व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएका छौं । नक्कली सुन कताबाट आएको भन्ने बारेमा जानकारी लिँदैछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १५:२४
SamabednaSamabedna
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC