site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
सात महिनाको तलब माया मारेर ज्यान जोगाउँदै फर्कँदैछन् १० नेपाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालस्थित लक्की एचआर मेनपावर कम्पनीबाट गत वर्ष जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका र यातना भोगी नेपाल आउन गुहार मागेका १० नेपाली नेपालका लागि प्रस्थान गरेका छन् । 

साउदी अरबको एयर अरेबियाको जहाजमार्फत उनीहरू आजै (बुधबार) बिहान ९ बजे नेपालतर्फ उडेका हुन् । उनीहरू आज (बुधबार) राति साढे ८ बजे नेपाली भूमिमा अवतरण गर्नेछन् ।

पीडितलाई नेपाली साझा मञ्च र साथी अभियानको सक्रीयता र समन्वयमा नेपाली दूतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि घर फर्किएका हुन् । नेपालस्थित मेनपावर एजेन्सीले पीडितलाई हवाई टिकट उपलब्ध गराएको हो । 
युवाका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरूलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर “तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु” भन्दै कपिल (मालिक) ले बारम्बार धम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरूको घरमा काम लगाउने साथै कुटपिट गरिरहन्थे त्यस्तो उत्पीडन सहन नसकेर उनीहरूले पाउने ७ महिनाको तलब माया मारेर फर्केका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत बिहिबार १ बजे राति कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छस् कि जान्नस्” भन्दै सोद्धा खाना र तलब नदिएसम्म जान्नौँ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छस् जा । फर्केर आइस भने मारेर फालिदिन्छु” भन्दै पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो ।
त्यसपश्चात् उनीहरु शुक्रबार बिहान अन्य व्यक्तिको सहारा र मञ्चका अभिन्यताको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मञ्चका साउदी अरब संयोजक कृष्ण पुरीले उनीहरूलाई खान बस्नका लागि मेनपावरका प्रतिनिधि काप्रीसँग समन्वय गरेर व्यवथा गरिदिएका थिए । 

तलब माग्यो कि कुट्ने र मार्ने धम्की
एक वर्षअघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका पीडितलाई कुटपिट गरेर लखेटेको रोजगारदाता कम्पनीले उल्टो कम्पनी छाडेर भागेको आरोप (हुरुप) लगाई भगौडा करार गरिदिएका थिए । तसर्थ उनीहरूले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न नसकिएको नेपाली साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।  
स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्नसक्छ । 

Global Ime bank

 

“तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” पीडितलाई भनाइ उद्धृत गर्दै मञ्चका अध्यक्ष श्रेष्ठले भने, “उनीहरूले आँखाभरी आँशु पारे र भने– “काम नै छैन, कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्थाभन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।”

अध्यक्ष श्रेष्ठका अनुसार पीडितले कम्पनीमा काम गर्न पाउँदा मात्रै अघाउञ्जेल खाना खान पाउने र आरामले सुत्न पाउँथे तर तलब भने पाउँदैनथे । एक वर्षसम्म मानसिक–शारीरिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्कँदैछन् पीडितहरू ।

सकुशल फर्काउनु नै ठूलो कुरा
“साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रूपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँसै बारुदको गन्ध आउनु अनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ,” नेपाली साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले भने । 
पीडितका अनुसार उनीहरूको कपिलसमेत खुँखार सरदार भएको र पटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाइते भएका रहेछन् । त्यहाँका घरहरू सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँ साउदी सरकारले सैनिकहरूको घेरामा मात्रै आफ्नो परियोजना सञ्चालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारलाई उद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारमा उल्लेख छ । कामदारको उद्धार गर्ने क्रममै गत मेमा भएको सैन्य कारवाहीमा एक पाकिस्तानी सहित २ जनाको मृत्यु र १० जनाबढी घाइते भएका थिए ।
त्यस्तो क्षेत्र र कपिलको पञ्जाबाट मूक्त भएर आउनु र त्यहाँको मजराबाट ती पीडित नेपालीलाई सकुशल फर्काउनु सक्नु नै ठूलो कुरो भएको मञ्चका अध्यक्ष श्रेष्ठ बताउँछन् । 
त्यहाँ फसेका अन्य नेपालीको समेत खोजी गरेर उद्धार गर्नुपर्ने आवश्यकता रहेको मञ्चका अध्यक्ष महेश श्रेष्ठ बताउँछन् । श्रेष्ठले मञ्चको साथी अभियान अन्तर्गत पीडितको सकुशल उद्धार हुनुमा वैदेशिक रोजगार विभाग, नेपाली दूतावास, मेनपावर, पीडित परिवार र संचारकर्मीको सहयोग समन्वयले मात्रै सम्भव भएको बताए । 

नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति साउदी अरबको सम्पर्कमा गत जुन २६ मा पुगेका पीडितको उद्धारका लागि मञ्चले नेपाली दूतावासमा लिखित अनुरोध गर्नुका साथै नेपालबाट राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागमा पनि अनुरोध गरेको थियो । मञ्चले साथी अभियानअन्तर्गत संयोजक शारदा भुषाल झाको नेतृत्वमा पीडितको परिवारलाई काठमाडौं बोलाई वैदेशिक रोजगार विभागमा थप उजुरी समेत दर्ता गराएको थियो । विभागले गत सोमबार मेनपावरका सञ्चालक ऋषी शर्मा र पीडितका परिवार राखेर पीडितलाई यथाशिघ्र उद्धार गरी नेपाल ल्याउने लिखित सहमति गराएको थियो ।

यसैबीच, मञ्चले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकप्रति भइरहेको चरम शोषणका विषयमा मानव अधिकारकर्मी र आयोगको ध्यानाकर्षण गराउन प्रयास गरेको मञ्चका नेपाल महासचिव ङामुक हाङ मेन्याङ्बोले बताएका छन् । ती पीडितप्रति अमानवीय व्यवहार भएकासम्बन्धमा मञ्चले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन खोजेको भएपनि आयोगले वैदेशिक रोजगारप्रति नै हालसम्म  कुनै चासो व्यक्त गरेको छैन । 

साथी अभियानकी सदस्य निता कार्की भन्छिन् “यो कुरा मिडियामा हामीले नल्याएको भए अझै उनीहरूको अवस्था थप दयनीय हुने थियो । हामीले ठूलो आँट गरेर उनीको भिडियो सार्वजनिक गरेका थियौँ ।”

पीडित १० जना नेपालीहरुलाई सूचना प्राप्त भएको १५ दिनभित्रमा सकुशल उद्धार गर्न सफल हुनु महत्वपूर्ण कुरा भएको साथी अभियानकी संयोजक शारदा भुसालले बताइन् । 
पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेख बहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् । 

नेपाली साझा मञ्च साउदी अरबका संयोजक कृष्ण पुरीको नेतृत्वमा सदस्यहरू अकल प्रधान, इन्ताज अन्सारीले पीडितलाई दम्माम एयरपोर्टबाट नेपालका लागि विदाइ गरेका थिए । पीडितलाई विमानस्थलमै बिहानको चिया नास्तासँगै नेपालका लागि विदाइ गरिएको संयोजक पुरीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC