site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुनर्निर्माणका लागि डेढ खर्बको बजेट स्वीकृत
Ghorahi CementGhorahi Cement

काठमाडौं । पुनर्निर्माण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि १ खर्ब ४५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । यो बजेट एक आवमा पुनर्निर्माण गर्नका लागि हो । 

समितिका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बिहान बसेको १० औं बैठकले भूकम्पपछिको अहिलेसम्मको पुनर्निर्माणको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी आवको कार्ययोजना पेश गरेको छ । कार्ययोजना स्वीकृत भएपछि पुनर्निर्माणले थप गति लिने प्राधिकरणले जनाएको छ । 

Agni Group

बैठकमा प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले निजी आवास निर्माणलाई अभियानकै रुपमा अगाडि बढाइने र पुरातात्विक सम्पदा पुनर्निर्माणमा पनि समय तोकेरै अगाडि बढिने बताए । अहिलेसम्म ४० हजार निजी घर बनिसकेको र १ लाख १० हजार घर निर्माणाधीन रहेको उनले जानकारी दिए । आगामी दशैंसम्ममा १ लाख ५० हजार घर बनिसक्ने उनले बताए । 

अहिलेसम्मको प्रगति सन्तोषजनक भएको भन्दै उनले ५० प्रतिशत स्कुल तथा स्वास्थ्य केन्द्र पनि पुनर्निर्माण भइसकेको तथ्यांक प्रस्तुत गरे । 

Global Ime bank

बैठकपछि समितिका सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्राधिकरणको काम सन्तोषजनक नभएको बताए । काम चाँडो गर्न सीईओ फेरेपनि त्यसअनुसार काम नभएको उनको टिप्पणी थियो । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC