site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै सडकमा अब सबैखाले सवारी चलाउन नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा तोकिएका दुई सयभन्दा बढी सवारी रुटलाई ‘मर्ज’ गरेर ६६ वटामा समेट्ने भएको छ । सवारी व्यवस्थापन र ट्राफिक जाम नियन्त्रणका लागि साउन १ गतेबाट लागु हुनेगरी रुट मर्ज गर्न लागिएको हो । यसो हुँदा सवारी आवागमन वैज्ञानिक रुपमा व्यवस्थापन हुन गई ट्राफिक जाम नियन्त्रणमा सहयोग पुग्ने यातायात व्यवस्था विभागको विश्वास छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बिहीबार (भोलि) यातायात व्यवस्था विभागको कार्यालयमा सम्बन्धित निकायका प्रतिनिधिहरूबीच छलफल गरी उक्त नियम लागु गरिने बताए । 

“काठमाडौंका सडकको रुट मर्ज गर्न सार्वजनिक सवारीको संख्या, जनघनत्व र सडकको अवस्थाको अध्ययन आवश्यक हुन्छ,” भट्टराईले भने, “हामीले गरेको अध्ययनको रिपोर्टअनुसार छलफल गरी रुट मर्जसम्बन्धी अन्तिम निर्णय गर्नेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

सडकको आकारअनुसार सवारी
“काठमाडौंमा ट्राफिक जाम हुनुको एउटा प्रमुख कारण सडकको आकारअनुसारका सवारी नचलाउनु हो,” विभागका प्रवक्ता डा. टोकराज पाण्डे भन्छन्, “सडकको प्रकृति र आकारअनुसार सवारी चलाउने गरे अहिलेको ट्राफिक जाम नियन्त्रणमा धेरै राहत मिल्नेछ ।” 

पाण्डेका अनुसार रत्नपार्कदेखि सूर्यविनायकजस्तो फराकिलो सडक प्राइमरी, रत्नपार्कदेखि शंखमूलजस्तो मझौला सडक सेकेण्डरी र शंखमूलदेखि जोरपाटीजस्तो साँघुरा सडक टर्सरी वर्गमा पर्नेछन् । यसअनुरुप टर्सरी सडकमा माइक्रो र टेम्पो, सेकेण्डरी सडकमा मिनीबस र प्राइमरी सडकमा साझा, मेट्रोजस्ता ठूला बस सञ्चालन गरिनेछ ।

Global Ime bank

प्राइमरी सडकमा ८, सेकेन्डरी सडकमा १६ र टर्सरी सडकमा ४२ वटा रुट तोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजना कार्यान्वयन इकाइका सिनियर डिभिजन इन्जिनियर खड्गलाल श्रेष्ठले बताए । “विज्ञहरुसँगको छलफलबाट सडकको वर्गीकरण गरिएको हो,” उनले भने । विज्ञहरुको स्थलगत अध्ययनद्वारा रुट तोकिएकाले उक्त संख्याका रुटमा हाल काठमाडौंमा सञ्चालित २० हजार सार्वजनिक सवारीको आवागमन चुस्त हुने उनको दाबी छ । श्रेष्ठले थपे । 

सडकका धेरै र अव्यवस्थित रुटहरूलाई सीमित र व्यवस्थित रुटमा परिणत गर्नु नै रुट मर्ज हो । “रुट मर्जको उद्देश्य सडकमा सवारीसाधनको सञ्चालन छिटो, छरितो, प्रभावकारी र यात्रुमैत्री पार्नु हो,” रुट मर्जबारे प्रष्ट पार्दै पाण्डेले भने, “रुट मर्जपश्चात निश्चित सडकमा चल्ने सवारीहरु समयमै आइपुग्ने हुनाले यातायात सेवा साँच्चै प्रभावकारी बन्न पुग्छ । यसबाट यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।” 

रुट मर्जअनुसार बसपार्कबाट सम्बन्धित गन्तव्यसम्म पुग्ने सवारीको आकार–प्रकार हेरेर सडकको आकारका आधारमा रुट तोकिनेछ ।  

रुट मर्ज भएपछि एउटै सडकमा साना, मझौला र ठूला सवारीसाधनको तीव्र गति, हतार र अस्वस्थ प्रतिस्पर्धा हट्न गई सवारी दुर्घटनामा समेत कमी आउने विश्वास सरकारी अधिकारीहरुको छ ।

यसअघि काठमाडौंका सम्पूर्ण सडकमा सवारीधनी र व्यवसायीहरुले आफ्नो चाहना र आवश्यकताअनुसार रुट पाउँदै आएकामा साउन १ गतेबाट आफूखुसी रुट लिन पाउने छैनन् । 

रुट मर्ज गर्नका लागि सवारी धनीहरुले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा गई आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 
रुट मर्ज इजाजतपत्रबिना सवारीसाधन सञ्चालन गरेको पाइएमा उक्त सवारीलाई कडा कारवाहीका साथै रुट इजाजतपत्र खारेजसम्मको सजाय हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC