site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
एक्जिट भिसा र हवाई टिकटको प्रतीक्षामा १० नेपाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १० नेपाली स्वदेश फर्कने अन्तिम चरणमा पुगेका छन् । रोजगारदाता कम्पनी र मालिकबाटै यातना खेपेका पीडितले आफूहरूलाई नेपाल फर्काउन अपिल गरिरहेका थिए ।  

केही दिनअघि पीडितको उद्धार गर्न कानुनी प्रक्रियाका लागि नेपाली साझा मञ्चले साउदीस्थित लेबर कोर्टमा उजुरीको तयारी गरेपनि रोजगारदाता मालिकले पीडित विरुद्ध नै हुरुप (उजुरी) लगाइदिएपछि उनीहरूको उद्धारमा झनै समस्या भएको थियो ।

साझा मञ्च र साउदीस्थित नेपाली दूतावासको प्रयासमा पीडितको मुद्दा किनारा लागेको साउदीबाट साझा मञ्चका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । “१० जना पीडितको पुलिस केस सल्टियो, एक्जिट भिसा र हवाई टिकटको प्रतिक्षामा पीडित छन्,” श्रेष्ठले भने । कपिलले १० जनालाई कम्पनी छाडेर भागेको भगौडा भनी हुरुपमात्रै लगाई अन्य आरोप नलगाएको पाइएकाले उनीहरु पुलिस केसबाट मूक्त भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठले भने, “उनीहरुलाई नेपाली दूतावासका स्थानीय कर्मचारी हरि घिमिरेजीको सहयोगमा निःशुल्क एक्जिट भिसा पनि त्यहाँको जवाजतले प्रदान गरिसकेको जानकारी प्राप्त भएको छ ।” लक्की एचआर मेनपावर प्रालिका एमएस काप्री साउदीमै रहेको र पीडितलाई सँगै नेपाल लैजान हवाई टिकटको लिने तयारी गरिरहेको काप्रीले बताएका छन् ।

१० जना नेपालीहरुले अब चाँडै सकुशल नेपाली भूमि टेक्ने उनले बताए । ७ महिनादेखिको तलब नदिई श्रमशोषण गरेको सलमान हसन अल मार्थु कम्पनीका कपिललाई पटकपटक फोन सम्पर्क गर्न प्रयास गरिएको तर सम्पर्क हुन नसकेको स्थानीय कर्मचारी घिमिरेले जानकारी दिएका छन् ।

Global Ime bank

तलबका लागि लेबर कोर्टमा मुद्दा लड्नुपर्ने र ७–८ महिना साउदीमै बस्नुपर्ने अवस्था भएकाले पीडित ज्यानमात्रै लिएर खाली हात फर्कन लागेका हुन् । मञ्चका अध्यक्ष श्रेष्ठले भने, “उनीलाई कम्पनीले लखेट्नुअघि नै बिहीबारकै दिन हुरुप लगाइएको रहेछ । बिहीबार राति कपिलले कुटपिट गरेर उनीहरूलाई लखेटेको थियो ।”

यसअघि पीडितका आफन्तले पीडितलाई सकुशल नेपाल फर्काइ क्षतिपूर्ति समेत दिलाई पाउनका लागि वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । सोमबार वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका सञ्चालक ऋषि शर्मालाई बोलाई कारबाही अघि बढाएपछि रोजगारदाता कम्पनी र नेपाली दूतावाससँग समन्वय गरी पीडितलाई उद्धार गरी नेपाल ल्याइने र क्षतिपूर्ति समेत दिइने सहमति भएको थियो । 

“पीडितलाई नेपाल ल्याएपछि क्षतिपूर्ति र राहतका विषयमा पुनः छलफल गरिने मौखिक सहमति भएको छ,” साथी अभियानकी संयोजक शारदा भुषालले भनिन् । मञ्चले दूतावासका श्रमसहचारी अम्बिका अधिकारी, स्थानीय कर्मचारी हरि घिमिरे, मेनपावरका प्रतिनिधि एमएस काप्रीसँग समन्वय गरी पीडितलाई खाना र बस्ने व्यवस्था मिलाएको थियो । 

यो पनि पढ्नुहोस्

साउदीमा अलपत्र १० नेपालीलाई स्वदेश फर्काउन म्यानपावर एजेन्सीको सहमति

बन्दुकको त्रासमा भोकभोकै बाँचिरहेका नेपालीको गुहार– घर फर्कन पाऊँ (भिडियोसहित)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC